कठमाडौं । भारतको केन्द्र सरकारमा मन्त्री रहेकी स्मृति ईरानीलाइ कोरोना संक्रमण पुष्टि भएको छ । उनले सामाजिक सञ्जाल ट्वीटर मार्फत आफु कोरोना संक्रमित भएको जानकारी गराएकी हुन् ।

यसभन्दा पहिले गृहमन्त्री अमित शाह लगायतका व्यक्तिहरु पनि कोरोना संक्रमित भइसकेका छन् । पछिल्ला दिनहरुमा भारतमा कोरना संक्रमितहरुको संख्या दिनानुदिन घट्दै गइरहेको छ । केही राज्य हरुमा बढेको भएपनि अनुपातमा हेर्दा भारतमा कोरोना संक्रमण घटेको छ ।

उता अमेरीकामा भने पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । भारतमा कोरोना संक्रमित हुनेको संख्या घट्नुमा कोरोना परीक्षण कम गरिएको हुन सक्ने जानकारहरु बताउँछन् ।

पछिल्ला दिनहरुमा नेपालमा पनि कोरना परीक्षण कम भएपछि संक्रमितको संख्या घट्दै गरिरहेको छ । नेपाल भारतलगायत देशहरुमा कोरोना भाइरसको दोस्रो लहर सुरु हुन सक्ने भन्दै चेतावनी दिन थालिएको छ ।

सम्बन्धित खबरहरु