काठमाडौं । प्रेम प्रस्ताव अस्वीकार गर्दा मृ'त्युव'रण ग'र्न परेकी निकिता तोमर प्रकरणमा नयाँ खुलासा भएको छ । हरियाणाको फरीदाबादको बल्लभगढमा निकिता तोमरको मृत्युलाई लिएर सिंगो भारतभर हंगामा सुरु भएको छ । समाजका सबै वर्ग, धार्मिक तथा भाषीहरु घटनामा संलग्नलाई कडा स'जाय दिनुपर्ने माग गर्दै छन् ।

 

 

यसैबीच निकिताको साथीले घटनाबारे जानकारी दिएकी छिन् । हमलावरहरूले निकितालाई नि'यन्त्रणमा लिन असफल भएको कारण जी'वनली'ला समा'प्त पार्नेसम्म पुगेका हुन् । उनी घटना हुँदै गर्दा घटनास्थलमा निकितासँगै थिइन् ।

 

 

आजतकसँग कुरा गर्दै निकिताको साथी र प्रत्यक्षदर्शीले भनिन्, ‘म निकिता भन्दा ४–५ कदम अगाडि थिएँ । जब ठूलो आ'वाज आयो, तुरुन्तै पछाडि हेरेर क'राए । भीड आयो, निकितालाई ('गो–ली') लागेको थियो । म धेरै ड'राएको छु । सीसीटीभीमा के देखिएको थियो, बाँकी मलाई थाहा छैन ।’

 

निकिता तोमरको साथीले थप बताइन्, ‘म त्यो कलेजमा पढ्छु जहाँ निकिता पढ्थिन् । हाम्रा सबै साथीहरू एक अर्कासँग परीक्षाको बारेमा कुरा गरिरहेका थिए, त्यसपछि हामी सबै हिड्न थाल्यौं । हामी सबै अगाडि बढ्यौं र उनी पछाडि रहिन्, तब के भयो थाहा भएन, के भयो भिडियोमा देखाइएको जस्तै थियो, बाँकी धेरै थाहा छैन ।’

 

निकिताको साथीले दुःखी हुँदै भनिन्, ‘म निकितासँग कुरा गरिरहेको थिइन्, मुख्य ढोकामा त्यहाँ भीड थियो । त्यस तर्फ हामी सबै आउँदै थियौं । जब आवाज पछाडिबाट आयो, पछि पछाडि हेरेर केहि भयो जस्तो भयो । त्यस पछि, म र मसँग भएका साथीहरू चि'च्या'उन थाल्यौं । त्यसपछि भीड जम्मा भयो ।’

 

निकिताको साथीले अझै थप्दै भनिन्, ‘३ः४० वा ३ः४५ को समय थियो, जब यो घटना भयो । आवाजपछि भिड जम्मा भयो र निकितालाई लग्यो । हिजोदेखि म धेरै ड'राएको छु, जब यो दृश्य देखिन्छ मलाई डर लाग्छ ।

 

त्यहाँ अचानक हलचल भयो, म दौडिन थालें, हामी सबै अगाडि थियौं । अचानक आवाज आयो, मैले पछाडि हेरेँ र देखे कि यो सब भएको थियो ।’

 

 

सम्बन्धित खबरहरु