काठमाडौं । डोटी जिल्लाको सायल गाउँपालिका–१ छपालीमा भएको एक घटनाले सबैलाई हैरान पारेको छ । त्यहाँ अरिङ्गालबाट एकै परिवारका दुई बालिकाको मृत्यु भएको खुल्न आएको छ ।

 

 

मृत्यु हुनेमा सोही वडाका भिमबहादुर रोकायाकी छोरी पाँच वर्षीया मनीषा र तीन वर्षीया सृजना रोकाया रहेका छन् । घर नजिकैको रुखमा बसेको अरिङगालबाट गम्भीर घाइते भएका दुबै बालिकालाई उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको स्थानीयवासी प्रेमबहादुर नेपालीले जानकारी दिनुभयो ।

 

 

सम्बन्धित खबरहरु