काठमाडौ । पत्रकार रबि लामिछाने दम्पत्तीमा कोरोना संक्रमण देखिएको छ । आफु र पत्नी निकिता पौडेलमा कोरोना भाइरस संक्रमण देखिएको लामिछानेले समाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । बुधबार गरिएको पीसीआर परिक्षणमा आफूहरुमा संक्रमण देखिएको उनले उल्लेख गरेका छन् ।

 

 

‘गत मंगलबार रातिबाट हल्का ज्वरो आएपछि हिजो पीसीआर टेष्ट गर्दा, म र निकिता दुवैमा कोरोना पोजेटिभ देखिएको छ । हामी दुवैको स्वास्थ्य सामान्य छ ।

 

केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्दछ । घरमा हामी दुई मात्र छौं त्यसैले धेरै समस्या छैन तर घरमा वृद्धअवस्थाका सदस्यहरु हुनेले चाहिँ बिल्कुल लापरबाही नगरौं ।’ लामिछानेले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

 

 

सम्बन्धित खबरहरु