काठमाडौं । विश्वमा यस्ता घटनाहरु पनि हुन्छन्, जुन सुन्दा विश्वास गर्न गाह्रो हुन्छ । यस्तै एक पत्याउन मुस्किल पर्ने घटना बाहिर आएको छ । कुखुराले गर्दा एक प्रहरी अधिकारीको मृत्यु भएको छ ।

 

 

एक भाले कुखुराले प्रहरी अधिकारीको फिमोरल धमनीमा क्षति पुर्याएर मृत्यु भएको हो । फिलिपिन्समा ककजुृधाई अर्थात भाले लडाँई एक चर्चित खेलका रुपमा रहेको छ । एक प्रहरी अधिकारीले मंगलबार यस्तो जानकारी दिएका हुन् । फिलिपिन्समा ककजुधाई लोकप्रिय खेल हो ।

 

 

जहाँ लडाँईको नतिजामा पैसा लगाइएको हुन्छ । दुई कुखुराबीच घमासान लडाँई हुन्छ । यो कोरोनाभाइरस महामारीको समयमा अन्य खेलकुद र सांस्कृतिक कार्यक्रमजस्तै यो खेलमाथि पनि प्रतिबन्धित गरिएको थियो ।

 

ठुलो भीड हुन नदिनबाट रोक्नका लागि त्यहाँको सरकारले यो खेलमाथि रोक लगाएको थियो । यो बीचमा उत्तरी सामरको मध्य प्रान्तमा सोमबार विचित्र दुर्घटना तब भयो । लुकिछिपी घटनाको प्रमाण जम्मा गर्न भन्दै जब लेफ्टिनेन्ट क्रिश्चियन बोलोकले एक कुखुरा उठाए तब जे भयो त्यसले सबैको होस उडाएको छ ।

 

कुखुराको खुट्टामा लगाइएको ब्लेडले उनको देब्रे जांघमा क्षति पुर्यायो र उनको मृत्यु भयो । यस घटनाको पुष्टि प्रान्तीय प्रहरी प्रमुख कर्नल आर्नेल आपदले गरेका हुन् । अपुदले भने, ‘यो दुर्भाग्यपूर्ण दुर्घटना थियो र मैले नचाहेको दुर्भाग्यको अंश हो ।’

 

 

उनले थप्दै भने, ‘जब यो पहिलो चोटि मलाई खबर गरियो मैले विश्वास गर्न सकिन् । मेरो २५ वर्षे कार्यकालमा यो पहिलो घटना हो, जहाँ कुखुरासँगको लडाँईमा कसैले ज्यान गुमाए ।’ सउन जोसे सहरमा बोलोक प्रहरीले छापा मार्दा तीन जनालाई पक्राउ गरेको जानकारी दिएको छ । अर्कोतिर दुई कुखुरालाई पनि नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको जनाइएको छ ।

 

 

सम्बन्धित खबरहरु