काठमाडौ । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एक सय जना कर्मचारी माग गरेको छ । गृहले आज (बिहीबार) एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय परिचयपत्रको वितरण दर्ता अपरेटर पद सेवाका लागि करारमा कर्मचारी माग गरेको सूचना आह्वान गरेको हो ।

 

 

सबै नेपालीहरूलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने कार्यक्रम अन्तर्गत घुम्ती सेवा सञ्चालनमार्फत् नागरिकका विवरणहरू संकलन गर्ने कार्यका लागि अभियान सञ्चालन हुने जिल्लाहरूमा कार्य गर्ने गरी विवरण दर्ता अपरेटर खुला प्रतिस्पर्धाद्वारा करारमा भर्ना गर्नुपर्ने भएकाले विवरण दर्ता अपरेटरका लागि कर्मचारी माग गरिएको हो ।

 

 

आवेदन दिने उम्मेदवारको उमेर हद दरखास्त दिने अन्तिम मितिसम्म १८ वर्ष पुरा भइ ३५ वर्ष ननाघेको हुनुपर्ने छ । न्युनतम शैक्षिक योग्यता प्रवीणता तह वा +2 उत्तिर्ण गरेको तथा कम्तीमा ३ महिनाको कम्प्युटर तालिम प्राप्त गरेको हुनुपर्नेछ । तलब काम गरेको दिनको मात्रै १२०० को दरले मासिक पारिश्रमिक उपलब्ध गराउने सूचनामा उल्लेख छ ।

 

 

 

सम्बन्धित खबरहरु