काठमाडौ । कतारमा कार्यरत नेपालीहरुका लागि खुशीको खबर आएको छ । कतार बाहिर रहेका आप्रवासी श्रमिक लगायत अन्य नागरिकलाई चाहिने अनुमति पत्र (इन्ट्री परमिट) को म्याद थप थप्न सकिने भएको छ ।

 

 

कतार पोर्टलको वेबसाइट मार्फत निवेदन दिई म्याद थप्न सकिने जनाइएको छ । यो सुबिधाबाट इन्ट्री परमिट निकालेको एक महिना भित्र विभिन्न कारणले कतार फर्कन नसकेका आप्रवासी नागरिकहरुले लाभ लिन सकिने बताइएको छ।

 

एक पटक जारी गरिएको प्रवेश अनुमतिको म्याद ३० दिनसम्म मान्य हुन्छ । हुकुमी कतारले ट्वीटर मार्फत म्याद सकिएका व्यक्तिले ३० दिनसम्मको लागि म्याद थप्न सक्ने जानकारी दिएको छ।

 

 

सम्बन्धित खबरहरु