काठमाडौ । कोरोना संक्रमणबाट नेपालमा हालसम्म ४ जना नर्सको मृत्यु भएको छ । मृतक ४ जना नर्स वीर अस्पतालका रहेको उल्लेख छ । उनीहरुले कयौँलाई बचाए तर कोरोनाबाट आफै बाँच्न सकेनन् ।

 

नेपाल नर्सिङ संघकी कोषाध्यक्ष एवं प्रवक्ता कल्पना श्रेष्ठका अनुसार मृतकहरु नर्स सुवर्णलक्ष्मी ताम्राकार, विद्या जोशी, लक्ष्मी चित्रकार्र र चन्द्रकला परियार रहेका छन् । ताम्राकार र जोशीको उमेर ७० वर्षीया रहेको कोषाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार परियार ६४ र चित्रकार ६५ वर्षीया हुनुहुन्थ्यो ।

 

 

‘उहाँहरु चारै जना नर्स सेवा निवृत्त हुनुन्थ्यो र संघको आजीवन सदस्य पनि हुनुहुन्थ्यो’ ? प्रवक्ता श्रेष्ठले भन्नुभयो, ‘हामीले कोरोना महामारी सुरु भएयता ४ जना नर्सलाई गुमायौँ, नेपालको नर्सिङ क्षेत्रमा ठूलो क्षति भयो ।

 

श्रेष्ठका अनुसार ४ जना नै दीर्घ रोगी हुनुहुन्थ्यो । उहाँहरुमा मधुमेह, क्यान्सर, उच्च रक्तचाप लगायतका समस्या थिए । देशभर अहिलेसम्म ५ सय भन्दा बढी नर्सहरु संक्रमित भइसकेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । अहिले सेवारत कोही पनि नर्सको कोरोनाबाट मृत्यु नभएको उहाँले बताउनुभयो ।

 

 

 

सम्बन्धित खबरहरु