एजेन्सी । सन् १९४४ मा ब्रिटनवुड्स सम्झौतापछि अमेरिकी डलरको अहिलेको बलियोपन सुरू भएको थियो। त्योभन्दा पहिले धेरैजसो देश सुनलाई नै मानक मानेर कारोबार गर्थे। कुनै पनि देशको सुनको मागको आधारमा उक्त देशको मुद्राको आधार तय गरिन्थ्यो।

 

न्यु हैम्पसरको ब्रिटन बुड्समा विश्वभरका विकसीत देशका प्रमुख भेला भएर अमेरिकी डलको तुलनामा अन्य सबै देशको मुद्राको विनिमय दर निर्धारण गरियो। त्यो बेलामा अमेरिकामा विश्वको सबभन्दा ठूलो सुनको भण्डार थियो। त्यो सम्झौताले अमेरिकी डलरलाई अन्य देशको सञ्चित मुद्राको रुपमा राख्न पाउने अनुमति पनि दियो।

 

 

सन् १९७० को सुरुमा विश्वका विभिन्न देशले मुद्रास्फ्रितिसँग लड्न डलरको सट्टा सुनको माग बढाए। त्यो बेलासम्म अमेरिकी डलर विश्वभरिको सबैभन्दा सुरक्षित मुद्रा बनिसकेको थियो। तर, डलरको विकल्प पनि सोच्नुपर्ने भइसकेको थियो।

 

सन् २००९ मा चीन तथा रुसले अर्को नयाँ विश्वव्यापी मुद्राको विकास गर्नुपर्ने चर्चा सुरु गरे। उनीहरुले विश्वको कुनै एक देशको नभएर छुट्टै मुद्रा जसले विश्व भरको मुद्रालाई प्रतिनिधित्व गर्ने गरी नयाँ मुद्रा बनाउन माग गरेका थिए।

 

यदि डलर मुद्रास्फ्रिति भएमा चीनले आफूसँगको खर्बौ रुपैयाँ कुनै कामको नहुने चिन्ता व्यक्त गरेको थियो। चीनले अन्तर्राष्ट्रिय मुद्रा कोषलाई डलरको ठाउँमा कुनै नयाँ मुद्रा बनाउने माग पनि राखेको थियो।

 

सन् २०१६ को अन्त्यमा चिनियाँ युआन विश्वको सबैभन्दा ठूलो स‌ञ्चिती मुद्रा बनेको बताइन्छ। सन् २०१७ को तेस्रो त्रैमासिक‍सम्म विश्वभरको केन्द्रीय बैंकमा १ सय ८ अर्ब डलर बराबरको चिनियाँ युआन थियो। भविष्यमा यो अझै बढ्ने बताइन्छ।

 

त्यसैले चीन पनि अन्तर्राष्ट्रिय व्यापारमा आफ्नो मुद्रा पनि प्रयोग भएको हेर्न चाहने कतिपयको भनाइ छ। त्यसैले चीन पनि आफ्नो मुद्रालाई अन्तर्राष्ट्रिय मुद्रा बनाउन आफ्नो अर्थ व्यवस्था सुधार गर्न खोजिरहेको छ।

 

चीन तथा रुसले वैकल्पिक मुद्राको प्रस्ताव गर्नुपूर्व सन् २००७ मा अमेरिकाको फेडरल रिजर्व बैंकका अध्यक्ष एलेन ग्रीनस्पैनले डलर को ठाउँ युरोले लिन सक्ने बताएका थिए।

 

सन् २००६ को अन्त सम्ममा विश्वभरका केन्द्रीय बैंकको कुल विदेशी मुद्रा भण्डारमा २५ प्रतिशत युरो थियो। सोही समयमा डलर भने ६६ प्रतिशत थियो। अहिले पनि विश्वका धेरै क्षेत्रमा युरो को पनि प्रभुत्व छ।

 

 

 

सम्बन्धित खबरहरु