काठमाडौं । पछिल्लो जनगणनाका अनुसार भारतमा ४ लाख भन्दा बढी भिखारीहरू छन् । जसमध्ये ८१ हजार पश्चिम बंगालमा, ६५ हजार ८३५ उत्तर प्रदेशमा, २९ हजार ७२३ आन्ध्र प्रदेशमा र २८ हजार ६९५ मध्य प्रदेशमा छन् । भारतमा भीख माग्नु अवैध हो र भारतीय दण्डसंहिता अन्तर्गत अपराधको श्रेणी अन्तर्गत पर्दछ । कथित भारतमा एक सिंगो ‘भीख माग्ने उद्योग’ कायम रहेको छ ।

भारतमा भिख उद्योगको आम्दानी १ खर्ब ५० अर्ब बराबर रूपैयाँको रहेको छ । यो आँकडा विश्वास गर्न गाह्रो पर्ने खालको छ । किनभने नेपाल लगायत देशहरुमा पनि भारतीयहरु भिख माग्ने काम गर्दै आएका छन् । यसरी हेर्दा यो आम्दानी थप बढ्न सक्ने देखिन्छ । आउँनुहोस् आज भारतका केही धनी भिखारीहरुका बारेमा जानकारी लिउँ

https://twitter.com/ANI/status/1181113444210053120

 

१, भरत जैन
५१ वर्षीय भरत छत्रपति शिवाजी टर्मिनस वा आजाद मैदानमा भिख मागिरहेका छन् । उनी भारतको सबैभन्दा धनी भिखारीहरुमा गनिन्छन् । एक अनुमानका अनुसार उनले प्रत्येक महिना १ लाख २० हजार भन्दा धेरै रुपैंयाँ कमाउँछन् । रिपोर्टका अनुसार उनीसँग १ करोड १२ लाख भन्दा धेरै रुपैयाँको दुई अपार्टमेन्ट छन् ।

२, सरवतीया देवी
उनको भिख माग्ने ठाउँ पटनाको अशोक सिनेमाको पछाडि हो । उनी त्यहाँको मुख्य भिखारीहरू मध्ये एक हुन् । उनी कथित रूपमा प्रति महिना ८० हजार भन्दा धेरै रुपैंयाँ कमाउँछिन् र हरेक वर्ष ५७ हजार रुपैंयाँ भन्दा धेरैको बीमा प्रीमियम तिर्छिन् ।

३, सम्भाजी काले
उनलाई प्रायः मुम्बईको खार क्षेत्र वरिपरि भीख मागिरहेको देख्न सकिन्छ । पेशेवर भीख माग्नुको अलावा काला सोलापुरमा केही सम्पत्तीको पनि मालिक छन् । उनले केहि पैसा लगानी गरेका छन् । उनको बैंक ब्यालेन्स ८० हजार भन्दा धेरै रुपैंयाँ रहेको छ।

४, कृष्ण कुमार गीते
गीते मुम्बईको चारनी रोड क्षेत्रमा भिख मागिरहेका छन् । जानकारी अनुसार ८ लाख भन्दा रुपैंयाँ भन्दा धेरै मुल्यको अपार्टमेन्ट रहेको छ । उनी एक दिनको लगभग २,४०० कमाउँछन् ।

५, लक्ष्मी दास
मूल रूपमा कोलकातामा बसोबास गर्ने, लक्ष्मी दासले १६ वर्षको उमेरदेखि भिख माग्न थालेको बताइएको छ । उनी कथित रूपमा एक महिनामा झण्डै ५० हजार रुपैंयाँ कमाउँछिन् ।

६, मासु
मासु उनको बजार मुम्बईको अन्धेरी क्षेत्रमा भिख माग्दैहिड्ने गर्छन । भनिन्छ कि मासु राती ८ देखि बिहानसम्म भिख माग्छन् । उनले प्रति दिन १,६०० रुपैंयाँ देखि २,४०० बीच कमाउँछन् । उनी अन्धेरी पश्चिमको अम्बोलीमा १ बीएचके फ्ल्याटको साथसाथै अन्धेरी पूर्वको फ्ल्याटको मालिक पनि हुन् ।

७, पप्पू कुमार
पटनाका पप्पू कुमारको सम्पत्ति २ करोड रुपैंयाँ आसपास रहेको छ । एक दुर्घटनामा एक खुट्टा फ्रैक्चर पछि, पप्पूले पटना रेलवे प्लेटफार्म मा माग्ने शुरू गरेका हुन् । प्रहरीले बारम्बार हटाए पनि उनी पटना रेलवे स्टेशनको प्लेटफर्महरूमा भीख मागिरहेका हुन्छन् ।

८, बुर्जुचन्द्र आजादअनुमानका अनुसार आजादले १४ लाख रुपैंयाँ भन्दा धेरै रुपैंयाँ जम्मा गरेका छन । उनको गोवन्डीमा घरमा २ लाख ४० हजार रुपैंयाँ लाख नगद छ । सन् २०१९ मा रेलवे ट्र्याकहरू पार गर्ने क्रममा उनी दुर्घटनामा परेका हुन् । त्यसपछि मुम्बई प्रहरीले उनका सबै सम्पत्तिहरू खोजि गरेको हो ।

 

सम्बन्धित खबरहरु