काठमाडौं । एक आमाले आफ्नै शिशुलाई मिल्काएको आरोप लगाइएको छ । भारतीय मूलकी एक महिलामाथि नवजात शिशुको जीवनलीला सकाउन खोजेको आरोप लगाइएको छ । आरोप छ कि ती महिलाले गोप्य रुपमा बाथरूम (नुहाउने ठाउँ) मा बच्चा जन्माईन र नवजात शिशुलाई झ्यालबाट मिल्काइन् ।

 

 

एबीसी ७ न्यूयोर्क टिभीले मंगलबार, अक्टोबर (१३) मा यस्तो रिपोर्ट गरेको थियो । समाचार अनुसार नवजात शिशुलाई गहिरो चोट लागेको छ । गम्भीर अवस्थामा रहेको बच्चालाई अस्पताल लगिएको छ ।

अमेरिकाको जनज्वारमा यस्तो अमानविय घटना भएको हो । बच्चा जन्मिने बित्तिकै धेरै खालका स्वास्थ्य समस्याहरूबाट पीडित हुनु परेको जनाइएको छ । आइतवार (१२ अक्टुबर) को घटना पछि बच्चाकी २३ वर्षीया आमा सबिता दुकरमलाई पहिले निरीक्षणको लागि अस्पताल लगियो र त्यसपछि प्रहरी चौकीमा लगिएको हो ।

 

समाचार अनुसार मंगलबार (१३ अक्टोबर) मा उनलाई अदालतमा पेश गरिएको हो । कागजात अनुसार महिलाले नचाहेको कानून विपरित सम्बन्धपछि बच्चा जन्मेको स्वीकार गरेकी छिन् । उनले आफु बाबु बिनाको छोराको आमा बनेको बयान दिएकी छिन् ।

 

उक्त महिलाले बाथरूममा बच्चा जन्माईन् र बच्चालाई बाथरूमको झ्यालबाट बाहिर मिल्काइन् । उनको बयान अनुसार बच्चा जन्मेपछि उनलाई डर पनि लागेको थियो ।

 

टिभीका अनुसार एक छिमेकीले बच्चालाई रुँदै गरेको अवस्थामा भेट्टाएर अधिकारीहरूलाई खबर गरेका थिए । जनज्वारकी सहायक जिल्ला अभियोजक मेलिसा केलीले अदालतमा धेरै खालका स्वास्थ्य समस्या भएको जानकारी दिएकी छिन् । News Source

 

 

सम्बन्धित खबरहरु