लन्डन । गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष शेष घले अष्ट्रेलियाका १०५ औं धनी व्यक्ति हुन् । सन् २०१८ मा घले १ सय ५० औं स्थानमा थिए । सन् २०१९ मा ९९ औं सूचीमा आइपुगेका थिए । यो बर्ष केही थोरै स्थान तल झरेका छन् ।

 

 

हिजो मात्र अष्ट्रेलियाबाट प्रकाशित हुने आर्थिक पत्रिका बिजनेस रिभ्यू विक्लीले (शुक्रवार अक्टोबर ३०, २०२०) सार्वजनिक गरेको यस वर्षको सूचीमा उनी ९ सय ९४ मिलियन डलरसहित १०५ औं धनी भएका हुन् । सन् २०१८ मा उनको सम्पत्ति ३ सय ३५ मिलियन थियो ।

 

सन् २०१९ मा बढेर ५ सय २८ मिलियन भयो । अहिले झण्डै दोब्बर बढेर ९ सय ९४ मिलियन भयो । घले दम्पत्तिको सम्पत्ति एक वर्षमा ४ सय ६६ मिलियन डलरले वृद्धि भएको छ । पछिल्लो तीन बर्षमा ६ सय ५९ मिलियन डलरले वृद्धि भएको छ ।

 

 

यहाँलाई जानकारी गराउ उनकी श्रीमती जमुना गुरुङ समेत यस वर्षपनि धनी व्यक्तिको सूचीमा परेकाी छिन् । उनी अष्ट्रेलियाका धनी महिलाहरुको सूचीमा त १० नम्बर भित्र छिन् ।

 

नयां सूचीमा परेसंगै घलेले यसबाट नेपालमा लगानी गर्न र थप काम गर्न प्रोत्साहन मिलेको प्रतिक्रिया दिएका छन् । सन १९९० मा विद्यार्थी भिषामा अष्ट्रेलिया गएका थिए घले ।

 

 

अहिले घलेको रियल स्टेट, मेलबर्न इन्सटिच्युट अफ टेक्नोलोजी लगायत व्यवसायिक क्षेत्रमा लगानी छ । उनको मेलबर्नस्थित उक्त इन्सटिच्युटमा मात्र करिव ३ हजार विद्यार्थी अध्ययनरत छन् ।

यो बर्ष शेख घलेले एक रोचक प्रशंग याद गरेका छन् । किनकी उनी र उनकी पत्नी जमुना गुरुङ्ग मेलबोर्नको क्वीन विक्टोरिया मार्केटको आफ्नो व्वसाय विकास स्थलमा टहलिरहेका थिए । जहाँ उनीहरुको ट्विन अपार्टमेंट टावर बनाउने काम चलिरहेको थियो ।

 

 

उनीहरुले मेलबोर्न आवासीयको निरीक्षणपनि गरिरहेका थिए । त्यही अघिल्लो दिन उनीहरुले कार्यालयका लागि तय गरिएको २०००० वर्गमीटरको योजना बदलना शुरू गरे । किनकी अहिले चलिरहेको महामारीपछिपनि यो योजनाले क्रान्ति ल्याओस् ।

 

 

किनकी यो परियोजना निक्कै ठूलो थियो । यसको क्षेत्रफल र प्रति अपार्टमेण्ट क्षेत्रफलपनि ठूलो तय गरिएको थियो । तर अब भित्री क्षेत्रफल घटाइएको छ । ता की कोरोना भाइरस (कोभिड–१९) को महामारीले मानिसको आर्थिक अवस्था खस्काएपनि यो खरिद गरेर बस्न सक्ने बनोस् ।

 

 

बिजनेस रिभ्यू विक्लीले लेखेको छ सायद यही भएर होला शेख घले छोटो समयमा अत्याधिक सफल व्यक्ति बनेका । किनकी उनी छिटो निर्णय गर्न सक्छन् र दिर्घकालिन् योजना तय गर्छन् ।

 

 

यो योजना ५०० मिलियन डलरको हो । यहाँ २९० की पाँच तारे होटलपनि बन्दैछ । सफल नेपाली सपुत शेख घलेलाई हाम्रो तर्फबाट अझ प्रगतिको शुभकामना !!!

The full list: Australia's wealthiest 200 revealed

 

 

सम्बन्धित खबरहरु