डोटी । डोटी जिल्ला अस्पतालमा पहिलोपटक आइसियु र भेन्टेलेटर श्या जडान गरिने भएको छ । सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको सहयोगमा जिल्ला अस्पतालमा दुई वटा आइसियु र दुई भेन्टिलेटर श्या उपलब्ध गराएको हो ।

 

विशेषज्ञसहितको उपचार सेवा प्रदान गर्दै आएको सो अस्पतालमा आइसियु तथा भेन्टिलेटर नहुँदा बिरामीलाई अन्य जिल्ला पठाउनु पर्ने बाध्यतालाई ख्याल गरी प्रदेश सरकारले जिल्लामै उपचार गराउन आइसियु र भेन्टेलेटरसहितको श्या उपलब्ध गराएको जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज जोशीले जानकारी दिनुभयो ।

 

 

जोशीका अन्ुसार सामाजिक विकास मन्त्रालयबाट उपलब्ध भएका ती श्याहरु जिल्लामा पुगिसकेको र आइतबारदेखि जडान कार्य शुरु हुनेछ । प्रदेश सरकारको सहयोगमा केही महिना पहिले अस्पतालमा कोरोना भाइरस (कोभिड–१९) को परीक्षणका लागि पिसीआर मेसिन जडान गरिएको थियो ।

 

सम्बन्धित खबरहरु