काठमाडौं । झापाको मेचीनगर–६ बाट प्रहरीले प्रतिबन्धित दुई नम्बरी सामानसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । लागु औषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले शनिबार बेलुका २६ ग्राम ब्राउन सुगरसहित भारतको पश्चिम बङ्गालस्थित खोरोबारीका २५ वर्षीय साधिक आलमलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो ।

आलम भारतबाट नेपालतर्फ अवैधरूपमा लुकाइछिपाई ब्राउन सुगर ल्याउँदै गर्दा जाँच गर्ने क्रममा पक्राउ परेका हुन् । उनलाई थप अनुसन्धान तथा कानूनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको छ ।

सम्बन्धित खबरहरु