एजेन्सी । टाउको जोडिएर जन्मिएका जुम्ल्याहा बालिका, जसको गत वर्ष लण्डनस्थित ग्रेट ओरमोन्ड स्ट्रीट अस्पतालमा सफलतापूर्वक शल्यक्रिया गरेर छुट्याइएको थियो । उनीहरु अहिले पाकिस्तानस्थित आफ्नो घर फर्किएका छन् ।

 

 

सफा र मर्वा बिबीको गत वर्ष तीनवटा अपरेशन गरिएको थियो । जसमा उनीहरुले अपरेशन थिएटरमा ५० घण्टा बढी समय बिताउन परेको थियो । उनीहरुको आमा जानियाब बिबीले परिवारका अन्य सदस्यहरुसँग घर फर्काउन पाउँदा आफू निकै हर्षित भएको बताइन् । खबर थाहा पाउँने दुनियाँ नै खुशी भएको छ । मलाई सामाजिक सञ्जालमा बधाई दिनेको ओइरो छ म र मेरो परिवार खुशी नहुने कुरा नै भएन उनले थपिन् ।

 

 

‘उनीहरुको स्वास्थ्य अवस्था राम्रो छ । मर्वाको अवस्थामा राम्रो सुधार भइरहेको र उनलाई कमै सहायता चाहिन्छ,’ उनले भनिन्, ‘सफालाई भने अलि बढी ध्यान दिनुपर्छ । भगवानको कृपाले एक दिन दुबै हिँड्न सक्नेछन् ।’

 

 

शरीर जोडिएर जन्मने जुम्ल्याहाहरु निकै दुर्लभ हुन्छन् । त्यसमाथि त्यस्ता २० जुम्ल्याहामध्ये १ जोडीको मात्र टाउको जोडिएर जन्मन्छन् । यस्ता जुम्ल्याहाहरु धेरै समय बाँच्न सक्दैनन् । यी जुम्ल्यहालाई सन् २०१९ को फेब्रुअरीमा सफलतापूर्वक अलग गरिएको थियो ।

 

त्यसयता उनीहरु आफ्नो आमा र अंकलको साथमा लण्डनमा नै बस्दै आएका थिए । उनीहरुको उपचार तथा बसोबासमा लागेको करिब १० लाख पाउन्डको खर्च पाकिस्तानका व्यवसायी मुर्तजा लखानीले व्यहोरेका थिए । साढे तीन वर्षका ती बालिकाहरुलाई हिँड्न सहयोग गर्न अहिले फिजिकल थेरापी भइरहेको छ । दुवैलाई सिक्न भने कठिनाइ भइरहेको छ । स्रोतः बीबीसी

 

 

सम्बन्धित खबरहरु