काठमाडौं । दशैपछी खुलेको त्रिभुवन विश्वविद्यालयले आफ्ना कर्मचारीहरुसँग हाजिर हुनु पहिले पिसिआर परीक्षणको नेगेटिभ रिपोर्ट मागेको छ। कोरोना संक्रमण देखिएका कर्मचारीले हाजिर गर्नु पहिले कोरोना नेगेटिभ आएको रिपोर्ट देखाउन त्रिवि रेक्टर कार्यालयले भनेको छ ।

 

त्रिवि रेक्टर कार्यालय अन्तर्गत अनुसन्धान निर्देशनालयले आइतबार कार्यालय पुगेका कर्मचारीलाई पीसीआर परीक्षणको रिपोर्ट मागेर हाजिर गर्न नदिएको हो। ‘मेरो रिपोर्ट नेगेटिभ आइसकेको हो।

 

 

रिपोर्ट छ भन्दा पनि अहिले देखाएर मात्रै हाजिर गर्नु भने,’ एक कर्मचारीले गुनासो गरे। तर कार्यालयले पहिले कोरोना देखिएका कर्मचारीका हकमा मात्रै कोरोना नेगेटिभ आएको रिपोर्ट देखाउन भनेको बताएको छ।

 

निर्देशनालयका डाइरेक्टरका अनुसार , ‘निको भएको हो भने त्यसको रिपोर्ट देखाउनुपर्छ। मोबाइलमा भए पनि रिपोर्ट देखाउनुपर्‍यो। किनभने हामी सुरक्षित हुनुपर्‍यो।’ स्वास्थ्य मन्त्रालयले लक्षण नदेखिए १४ दिनपछि कोरोना परीक्षण गराइ राख्नु जरूरी नहुने बताएको छ।

 

स्वास्थ्य मन्त्रालयले सरकारी वा गैरसरकारी कुनै पनि कार्यालयले रिपोर्ट मागेर दुःख दिन नहुने बताए पनि। स्वास्थ्य मन्त्रालयले रिपोर्ट देखाउन जरूरी नहुने बताएको सन्दर्भमा निर्देशनालयले मानेको छैन ।

 

 

 

सम्बन्धित खबरहरु