काठमाडौं । बलिउड अभिनेत्री एवं पूर्व मिस वर्ल्ड ऐश्वर्या राय बच्चन ४७ बर्षकी भईन् । ऐश्वर्या १ नोभेम्बर १९७३ मा मंगलोरमा जन्मिएकी थिइन् । उनी १९९७ देखि बलिउडमा सक्रिय छिन् । उनले र शाहरुखले सँगै ‘जोश’, ‘देवदास’ र ‘मोहब्बतें’ जस्ता फिल्महरूमा काम गरेका छन् ।

 

 

तर त्यस्तो समय थियो जब शाहरुखले ऐश्वर्यालाई करीव ५ वटा फिल्महरूबाट निकालेका थिए । यो कुरा ऐश्वर्याले सिमी ग्रेवालको शो ‘रणदिवु विद सिमी ग्रेवाल’ मा आफैंले खुलाएकी थिइन् । ऐश्वर्याले भनेकी थिइन, ‘आजसम्म मलाई कारण थाहा छैन ।’

 

 

 

कुराकानीको क्रममा ऐश्वर्यालाई सोधिएको थियो कि उनलाई वीर जारालगायत शाहरुख खानका ५ वटा फिल्मबाट बहिष्कार गर्नुको कारण के हो ? जवाफमा, उनले बताइन्, ‘म कसरी यसको उत्तर दिन सक्छु ? हो, त्यसबेला केही फिल्महरूका लागि कुरा भएको थियो, जसमा हामी सँगै काम गर्ने छौं । त्यसपछि अचानक सँगै काम गर्न पाइएन् ।

 

विना कुनै स्पष्टिकरण यो सब भएको उनले भनेकी थिइन् । मैले किन कहिले पनि जवाफ पाइन ?’ सिमीले ऐश्वर्यालाई बताइन् कि शाहरुख खानले एक साक्षात्कारमा आफु ऐश्वर्याको व्यक्तिगत जीवनमा संलग्न भएका कारण यो सबै भएको खुलाएका थिए ।

 

 

उनले यो पनि स्वीकारे कि उनले त्यसो गर्नु हुँदैनथ्यो । ऐश्वर्या राईले यसमा भनेकी छिन, ‘यसको उत्तर मसँग छैन । तर यो फिल्म नगर्ने निर्णय मेरो थिएन ।’ ऐश्वर्याले शाहरुखलाई कहिले पनि प्रश्न गरिनन् कि उनलाई ठुला ठुला चलचित्रहरुबाट किन निकालियो ? ठुल–ठुला चलचित्रबाट निकाल्दा कस्तो लागेको थियो भनेर राखिएको प्रश्नमा उनी भन्छिन्, ‘स्पष्टतः त्यस समयमा मेरो कुनै स्पष्टीकरण थिएन । म चकित, स्तब्ध र आहात भएकी थिए ।

 

जब उनलाई शाहरुखलाई यस बारेमा प्रश्न गर्नुभयो भनेर प्रश्न गरियो यसको पनि उनले जवाफ फर्काएकी छिन् । यसको जवाफमा उनले बताइन्, ‘मेरो त्यस्तो स्वभाव छैन । यदि कुनै व्यक्तिलाई त्यहाँ विस्तार गर्न आवश्यक छ जस्तो लाग्छ भने उसले गर्न सक्छ । यदि उसले त्यसो गर्दैन भने उसलाई के भनेर र किन सोध्नु मेरो स्वभावमा छैन ।’

 

 

सन् २००३ मा शाहरुखले ऐश्वर्यासँग माफी मागेका थिए । त्यस समयमा शाहरुखले भनेका थिए, ‘कसैसँग प्रोजेक्ट सुरु गर्नु र कुनै गल्ती बिना यो परिवर्तन गर्न एकदम गाह्रो छ । म दुःखी छु, किनभने ऐश्वर्या मेरा राम्रा साथी मध्ये एक हुन् ।

 

 

व्यक्तिगत रूपमा मलाई लाग्छ कि मैले गलत गरें । तर निर्माता भएकोले यो अर्थ राख्छ । म एशसँग माफी चाहन्छु।’ ऐश्वर्यालाई उनी प्रेमपूर्वक एश भन्थे । उनीहरुबीच राम्रो सम्बन्ध रहेको आँकलन गरिन्थ्यो ।

 

 

सम्बन्धित खबरहरु