काठमाडौ । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य बढेको छ । आज सुन प्रतितोला पाँच सय रुपैयाँले बढेको हो ।

 

आज आइतबारका लागि छापावल सुनको मूल्य प्रतितोला ९५ हजार रूपैयाँ कायम भएको छ । शुक्रबार छापावल सुन प्रतितोला ९४ हजार ५ सयमा कारोबार भएको थियो ।

 

 

यस्तै तेजाबी सुनको भाउ पनि बढेर तोलाको ९४ हजार ५ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

यसैगरी आज चाँदीको भाउ पनि १५ रुपैयाँले बढेर तोलाको १ हजार १ सय ९५ रूपैयाँ कायम भएको छ । गत शुक्रबार तोलाको ११ सय ८० रुपैयाँ थियो ।

 

 

सम्बन्धित खबरहरु