काठमाडौं । झापाको मेचीनगर नगरपालिका–९ की १७ वर्षीया विद्यार्थी अरिस्ता परियारको मिर्गौला रोगका कारण मृत्यु भएको छ । परिवारको आर्थिक अवस्था कमजोर भएका कारण मिर्गौला प्रत्यारोपणमा सघाउन स्थानीय वडाध्यक्षको संयोजकत्वमा बचाउ समिति गठन गरी सहयोग सङ्कलन भइरहेका बेला उनको आज बिहान मृत्यु भएको हो ।

गत शनिबार स्वास्थ्य अवस्था नाजुक बनेपछि तत्काल उपचारका लागि उनलाई भारतको सिलिगुढीस्थित निउटिया अस्पताल लगिएको थियो । उनी धुलाबारी माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत थिइन् । उनी मेचीनगर–९ की निर्वाचित वडा सदस्य लक्ष्मी परियारकी छोरी हुन् ।

सम्बन्धित खबरहरु