काठमाडौं । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका अध्यक्षसहित आठ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि एक हप्ताका लागि गाउँपालिका बन्द गरिएको छ । हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डे, चार कर्मचारी र तीन अन्य व्यक्तिमा कोभिड–१९ को सङ्क्रमण देखिएपछि आगामी शुक्रबारसम्मका लागि कार्यालयबाट प्रवाह हुने सबै सेवा बन्द गरिएको हो । शुक्रबार ४९ जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि पोखरा पठाइएकामा आठ जनामा सङ्क्रमण देखिएको हो । अध्यक्ष पाण्डे अहिले होम आइसोलेसनमा बस्नुभएको छ ।

सम्बन्धित खबरहरु