काठमाडौं । कोरोना संक्रमित व्यक्तिको सम्पर्कमा आएका विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एड्हानोम पनि क्वारेन्टाइन भएका छन् । विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोसले यस्तो जानकारी दिएका हुन् । उनले आफुमा हाल कोरोनाको कुनै लक्षण नदेखिएको जानकारी गराएका छन् ।

 

उनले ट्वीटमा लेखेका छन्,‘म कुनै कोरोना संक्रमित व्यक्तिको सम्पर्कमा आएको छु ।’ उनले आफ्नो ट्वीटमा थप लेखेका छन्, ‘म पूर्ण रूपमा ठीक छु र मलाई कुनै लक्षणहरू देखिएको छैन, तर अझै म डब्लुएचओ प्रोटोकल अन्तर्गत आगामी दिनहरूको लागि आफूलाई क्वारेन्टाइन गर्दैछु र म घरबाट काम गर्नेछु ।’

 

 

टेड्रसले ट्विटरमार्फत सबैलाई स्वास्थ्य दिशानिर्देश अनुसरण गर्न अनुरोध पनि गरेका छन् । उनले भने, ‘हामी पनि कोभिड–१९ को संक्रमणको श्रृंखलालाई तोड्न सक्षम हुनेछौं । हामी भाइरस हटाउन र स्वास्थ्य प्रणाली बचत गर्न सक्षम हुनेछौं ।’

 

संयुक्त राष्ट्र एजेन्सी अर्थत डब्लुएचओका प्रमुख टेड्रोस यस महामारीको बिरूद्ध चलिरहेको लडाईमा अग्रपंक्तिमा छन् । ५५ वर्षीय टेड्रोस धेरै महिनादेखि यसमा जोड दिँदै आएको छ कि भाइरसलाई हराउन प्रत्येक व्यक्तिको भूमिका महत्त्वपूर्ण हुन्छ ।

 

डब्ल्यूएचओले सबैलाई हात धुन, मास्क लगाउन र भौतिक दूरी लगायत नियमहरूको पालना गर्न सल्लाह दिदैँ आएको छ ।

सम्बन्धित खबरहरु