१७ कात्तिक (रासस÷सिन्ह्वा) ः फिलिपिन्समा आएको ‘गोनी’ नामको आँधीका कारण यहाँका कम्तीमा पनि १६ जनाको मृत्यु भएको बताइएको छ । यहाँका अरु केही जना व्यक्ति सो आँधीका कारण बेपत्ता भएका छन् । दक्षिणी फिलिपिन्सको आइपुइ लुजनको मुख्य टापुमा शक्तिशाली आँधी आएको छ ।

सो आँधीका कारण अल्बे प्रान्तका मात्र १० जनाको ज्यान गएको बताइएको छ । यहाँको क्यान्डुआनेस टापुमा अरु केही मानिसको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

यहाँको दक्षिणी क्षेत्र बढी प्रभावित भएको बताइएको छ । यस क्षेत्रका मात्र करिब चार लाख सर्वसाधारण विस्थापित भएका फिलिपिन्सको विपद व्यवस्थापन विभागका कर्मचारीले जनाएका छन् । यस आँधीबाट बिस्थापितहरु अधिकांश सरकारी आवासहरुमा बस्दै आएको अधिकारीहरुले जनाएका छन् ।

यो आँधी करिब २२५ किलोमिटर प्रतिघण्टाको रफ्तारमा आएको बताइएको छ । यसले यहाँका विभिन्न भौतिक संरचनाहरुमा क्षति पु¥याएको सरकारी अधिकारीहरुले जनाएका छन् । आँधीका कारण पहाडी क्षेत्रमा पहिरो समेत गएको छ । यसका कारण विभिन्न राजमार्ग अवरुद्ध भएका बताइएको छ ।

गोनी यस वर्ष फिलिपिन्समा आएको १८ औं आधी रहेको मौसम विभागले जनाएको छ । केही दिनमात्र पनि यहाँ आएको मोलाभ आँधीमा परेर २० जना भन्दा बढीको मृत्यु भएको थियो ।

सम्बन्धित खबरहरु