काठमाडौ । पछिल्लो समयमा म्युजिक भिडियोहरु निरन्तर रुपमा बजारमा आइरहेका छन् । दिनहुँ जस्तो नयाँ मोडेल र कलाकारहरु जन्मिरहेका छन । मोडलिङको रहर अवसरको खोजीमा धेरै रहेको पाइन्छ । रहर सबैको हुन्छ मोडलिङमा रम्ने तर पनि मोडलिङमा भविष्य बनाउने सिमित हुन्छन त्यसमा एक प्रतिनिधि बनेकी छिन् प्रदेश न २ घर भई हाल काठमाडौमा बस्दै आएकी आर्या श्रीवास्तव ।

 

१६बषिर्या आर्या श्रीवास्तव मोडलिङमा नै आफनो भविष्य खोजिरहेकी छन् । विभिन्न स्टेज कार्यक्रमहरुमा मोडलिङ गर्दै आएकी आर्या श्रीवास्तव आफु रहरले नभएर सफल कलाकार बन्ने महान सपना पुरा गर्नका लागि यस क्षेत्रमा लागेको बताउँछिन् । आर्याले उत्साहित हुदै भनिन् – मेरो सानैदेखी कलाकार बन्ने ठुलो सपना थियो । त्यही सपनालाई पुरा गर्न म मोडलिङमा आएकी हुँ ।

आफनो मेहनत गरे अनुसार सफलता पाउनेमा आफु निकै आशावादी रहेको समेत बताउदै आर्या ले भनिन ‘गर्दै जाँदा एक दिन अवश्य पनि सफलता मिल्छ त्यसैले मैले मोडलिङलाई निरन्तरता दिनुपर्छ ,सबैको सुझाव र प्रेरणाका साथ एकदिन सफल हुने विश्वास लिएकी छुँ ।’ हुन त आर्या श्रीवास्तव कलाकारमात्र बन्ने उनको शौख होइन उनी एउटा मोडलको रुपमा आफनो पहिचान बनाउनको लागी पनी सिने क्षेत्रमा आउनको लागी चाहेको उनले बताइन ।

 

विभिन्न स्टेज कार्यक्रम गदैं आएकी आर्यालाई छोटो समयमै सफलता पनि मिलेको छ । सानै उमेरदेखि मोडलिङ क्षेत्रमा एउटा छुट्टै नाम कमाउन चाहन्थे उनले भनिन । आफनो कर्तव्यबाट कहिल्यै टाढा नभइ हिम्मत र शाहसका साथ अगाडि बढिरहने उनी बताउछिन । घरपरिवारमा यस क्षेत्रमा खासै कोही नलागेपनि परिवारको राम्रै सपोर्ट छ उनमा । परिवारको माया र हौसलाले आफु उत्साहित भएको बताउँदै उनले साथीहरुको सपोर्टले काम गर्न सजिलो ह्ुनेमा आफुमा आत्म विश्वास भरिएको उनले सुनाइन  ।

 

१६ औँ बसन्त पार गरेकी आर्या एकअर्काको भावना बुझ्नु, सुखदुखमा साथ नछोड्नु नै मायाँका रुपमा लिन्छिन । बजारमा देखिएको फेसनेवल माया आफुलई राम्रो नलाग्ने उनी बताउछिन ।

 

आर्या श्रीवास्तव भन्छिन ‘माया प्रेम भन्ने वित्तिकै जोपायो उसको विश्वास गर्नाले पछुताउनु पर्छ, माया भनेको सोचेर गर्नुपर्छ उनले भनिन‘ ‘प्रेम फेशन होइन, देखाउनका लागि लगाउने लुगा होइन प्रेम त केवल भावनात्मक हुनुपर्छ अनिमात्र जीवन निर्वाह गर्न सहज हुन्छ । आर्या श्रीवास्तवलाई हाम्रो तर्फबाट कलाकारिता यात्राको शुभ कामना ।

 

सम्बन्धित खबरहरु