रुपन्देही । रुपन्देहीको ओमसतिय गाउँपालिका–२ करवला बस्ने बलिराम केवटको घरमा खाना पकाउने क्रममा आइतबार बेलुका आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ४ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

यसैगरी रुपन्देही, देवदह नगरपालिका–११ सौजन्य भन्ने स्थानमा बस्ने शेर बहादुर बिकको आफ्नै घरमा पार्किङ गरी राखेको करिब २ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको लु.१ ह १३८९ नम्बरको अटोरिक्सामा आइतबार राति आगलागी हुँदा अटोरिक्सा पूर्णरुपमा जलेर नष्ट भएको छ ।

 

स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिई यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

 

सम्बन्धित खबरहरु