काठमाडौँ । वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा मृत्यु भई विदेशमा नै अन्तिम संस्कारका लागि सहमति प्रदान गर्ने कामदारका हकतालाले सान्त्वना/राहत वापतको रकम बुझ्न आउन वैदेशिक रोजगार बोर्डले अनुरोध गरेको छ ।

श्रम स्वीकृति लिई वैदेशिक रोजगारीको क्रममा विविध कारणले मृत्यु भएका र विश्वव्यापी रूपमा फैलिएको कोभिड-१९ का कारणले अन्तराष्ट्रिय उडान बन्द भई लाश नेपाल ल्याउन समस्या हुँदा सम्बन्धित परिवारको हकवालाको सहमतिमा सम्बन्धित मुलुकमा नै अन्तिम संस्कार गरिएका कामदारहरूका हकवालालाई बोर्डको सचिवालयबाट नियमानुसार प्रदान गरिने आर्थिक सहायताका अतिरिक्त विदेशमा दाहसंस्कार भएवापत सान्त्वना राहत स्वरूप थप रू पचास हजार रूपैया उपलब्ध गराउने निर्णय वोर्डले गरेको थियो ।

सोहि बमोजिम राहत रकमका लागि मृतक कामदारका हकवालाले सम्बन्धित नेपाली राजदुतावासले जारी गरेको मृतक कामदारहरूको विवरण, अन्त्येष्टिका लागि परिवारबाट दिइएको सहमति पत्र, विदेशमा अन्त्येष्टि गरिएको कागजात र हकवालाको नाममा कुनै पनि “क बर्गको वैक खाताको प्रमाणित निस्सा लगायत तोकिए बमोजिमको अन्य कागजातहरू संलग्न राखी वैदेशिक रोजगार बोर्डको सचिवालयको इमेलमा आवेदन गर्नुहुन वोर्डले अनुरोध गरेको छ ।

साथै, विदेशमा दाहसस्कार गर्न परिवारबाट सहमति दिएका मृतकहरूको नामावली र निवेदनको ढाँचा यस बोर्ड सचिवालयको वेभसाइट www.fepb.gov.np मा हेर्न तथा डाउनलोड गर्न सकिने वोर्डले जनाएको छ । थप जानकारीको लागि श्रम कलसेन्टरको ११४१ वा सचिवालयको फोन नं. ०१-४२२०३११, ०१-४२२०५६७ मा कार्यालय समयभित्र सम्पर्क गर्नुहुन वोर्डले अनुरोध गरेको छ ।

सम्बन्धित खबरहरु