काठमाडौं । पप गायक भिटेन (समिर घिसिङ) लाई पक्राउ नगर्न उच्च अदालत, पाटनले आदेश दिएको छ । गीत, संगीतको विषयमा उनलाई पक्राउ गर्नुपर्ने कारण नदेखिएको अदालतले भनेको हो ।

 

मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले भिटेनलाई धरपकड नगर्न प्रहरी प्रधान कार्यालय र साइबर ब्युरोको नाममा अन्तरिम आदेश जारी गरदिएको अदालतका उप–रजिस्टार शम्भु रेग्मीले जानकारी दिए ।

 

 

घिसिङले प्रहरी प्रधान कार्यालय, नक्साल र साइबर ब्युरोलाई विपक्षी बनाएर उच्च अदालत, पाटनमा १६ कात्तिकमा निषेधाज्ञा सम्बन्धी रिट निवेदन दर्ता गराएका थिए । उनलाई प्रहरीले खोजिरहेको भन्ने खबर आएपछि भिटेन रिट निवेदन दर्ता गराएका थिए ।

 

साथै उनले विज्ञप्ति नै निकालेर म्युजिक भिडियो युबट्युबबाट हटाएको र फेरी संशोधन गरेर प्रकाशन, प्रशारण गर्ने बाचा गरेका थिए । गीतबाट कोही कसैमा ठेस पुगेको भए माफी चाहान्छु समेत भनेका थिए ।

 

सम्बन्धित खबरहरु