सामाजिक संजाल देखा परेको निकै नै चर्चित बिषय हो ‘सियोना बचाऊ अभियान’ भर्खर पख्रिदै गरेको कलिलो कोपिला सियोनाको उपचार नेपालमा सम्भव नहुने भए पछि उपचार गर्न करीब २५ करोडको खर्च लाग्ने हुनाले यति बेला सियोनाको बुवाआमा सहयोग अपिल गरिरहेका छ ।

 

हालसम्म देश तथा बिदेशबाट ७ करोड बढी नेपाली रुपैयाँ जम्मा भएको जानकारी आएको छ । छोटो समयमा धेरै पैसा संकलन भएको छ तर, सियोनाको उपचारको लागि यो रकम धेरै नै कम हो ।

 

त्यसैले अझै सहयोगको जरुरत छ । सियोनलाई जन्मजात वंशानुगत लाग्ने रोग स्पाईनल मुस्कुलर थेरापी-एसएमई-१ (SPINAL MUSCULAR ATROPHY (SME-1) रोग लाग्यो ।

 

जुन रोगका कारण बच्चाको अंगहरुले काम नगर्ने, विस्तारै सबै सुक्दै जाने र मृत्युसम्म हुने जस्ता लक्षण देखिन्छ । जस्का कारण यतिबेला मृत्यु जित्न संघर्ष गरिरहेकी सियोनाको जीवन रक्षाको कामना गर्दै देशबिदेशमा रहेका आम नेपाली तथा सेलिब्रेटिहरुले पनि सहयोग गरिरहेका हुन् ।

Siyona Shrestha

 

१३ महिना भएकी सियोनको उपचार २ वर्ष उमेर भित्रमा गरिसक्नुपर्ने तर, जति चाडो गर्यो त्यति राम्रो हुने हस्पिटलले बताएको छ । यो रोगको उपचार नेपालमा सम्भव नभएपछि छोरिका साथमा सन्दिप दम्पती झन्डै डेढ महिनादेखी पोल्यान्डमा छन् । यतिबेला अभियानलाई अझै प्रभावकारी बनाउन फेसबुकमा पब्लिक ग्रुप नै बनेको छ ।

 

स्कटनेपालले को सियोना का बाबा संग को कुराकानी मा उहाले यो अभियान लाइ सफल पार्न को लागी सबै नेपाली माझ हार्दिक अनुरोध गर्नु भएको छ ।

 

बैंकमा सहयोग रकम पठाउनको लागि सियोन श्रेष्ठ (Siyona Shrestha) नाममा बैंक अफ काठमाडौ (Bank of Kathmandu) को परासी ब्रान्च (Parasi branch) मा एकाउन्ट खोलिएको छ । जस्को एकाउन्ट नम्बर 206500000031524 रहेको छ ।

 

ईसेवाबाट आर्थिक सहयोग गर्नको लागि 9816457809 र 9847206466 आईडी प्रयोग गर्दै सियोन बचाउ अभियानमा साथ दिन सक्नुहुनेछ छ भने www.gofoundme.com मार्फत पनि सहयोग रकम पठाउन सकिनेछ ।

 

 

सम्बन्धित खबरहरु