काठमाडौं । बलिउड महानायक अमिताभ बच्चन गम्भीर संकटमा फसेका छन् । भारत, महाराष्ट्र राज्यका भाजपा विधायक अभिमन्यु पवारले बच्चन र ‘कौन बनेगा करोडपति’ का विरुद्ध मुद्दा हालेर एफआईआरको माग गरेका छन् । विवाद कौन बनेगा करोडपतिको एक श्रङ्खलामा सोधिएको प्रश्नलाई लिएर भइरहेको छ ।

कार्यक्रममा मनुस्मृति र डा. बीआर अम्बेडकरको बारेमा सोधेका प्रश्नहरूले हिन्दुहरूको भावनामा चोट पुर्‍याएको आरोप पवारले लगाएका छन् । भाजपा विधायक पवारले यो जानकारी ट्वीट गरेर दिएका छन् । उनले उक्त कार्यक्रमले हिन्दुहरूको धार्मिक भावनामा चोट पुर्‍याएको र हिन्दुहरूको बिचमा मतभेद पैदा गर्ने प्रयास गरेको भनेका छन् ।

पवारले आफ्नो ट्वीटमा प्रहरीमा गरिएको गुनासोको दुई प्रति पनि संलग्न गरेका छन् । अमिताभ बच्चन र सोनी एन्टरटेन्मेन्टको बिरूद्ध कारबाहीको लागि पवारले महाराष्ट्रको लातूर प्रहरीमा उजुरी पेश गरेका हुन् । तपाँईलाई जानकारी गराउँ कि कौन बनेगा करोडपतिको करमवीर स्पेशलमा शुक्रवार एउटा प्रश्न सोधिएको थियो, जसमा पवारले आपत्ति जनाएका हुन् ।

भारतमा उनी मात्रै नभई अन्य व्यक्तिहरुले पनि एफआईआरको माग गरेका छन् । पवारको गुनासो अनुसार, ‘कौन बनेगा करोडपतिमा एक प्रश्न सोधिएको थियो जसमा २३ डिसेम्बर १९२७ मा बीआर अम्बेडकर र उनका अनुयायीहरूले धर्मशास्त्रको प्रतिलिपि 'ज'ला'ए'का थिए ? यसमा उत्तरहरू, विष्णु पुराण, भागवद् गीता, ऋगवेद वा मनुस्मृति विकल्पहरू रहेका थिए ।

यस कुरालाई लिएर हिन्दु धर्ममा आस्था राख्नेहरु भड्केका हुन् । उजुरीले भन्यो कि सबै विकल्पहरू हिन्दू धर्मशास्त्रबाटै आएका छन् त्यसैले यो जानाजानी गरिएको षडयन्त्र हो । पवारले उजुरीमा लेखे कि यदि उनका अभिप्रायहरू सही थिए भने हिन्दू धर्मशास्त्र मात्र होइन अन्य धार्मिक शास्त्रहरूको पनि उत्तर विकल्पमा लेखिएको हुनुपर्थ्यो ।

तपाईलाई स्मरण गराउँ यही कार्यक्रम ‘कौन बनेगा करोडपति’ मा नेपालको लिपुलेक, कालापानी लिम्पियाधुरा बारे भारतको हो जस्तो बनाएर प्रश्न र विकल्प राखिएको थियो । उक्त प्रश्नपछि विश्वभरीका नेपाली रिसाएका थिए । अहिले यो मुद्धामा अमिताभ फसेपछि नेपालीहरु ठिक्क पर्यो भन्दै सामाजिक सञ्जालमा सेयर गर्दै प्रतिक्रिया जनाइरहेका छन् ।

सम्बन्धित खबरहरु