काठमाडौ । काठमाडौं महानगरपालिका–७ मित्रपार्क चोकस्थित सडक पेटिमा हाल नाम, थर, वतन नखुलेका करिब ३४ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।

 

सल्यान, कुमाख गाउँपालिका–१ भित्रीवन चौरस्थित भेरी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।

डोटी, सिलगढी नगरपालिका–२ सेती पुल नजिक सडक किनारामा सोही नगरपालिका–१ बस्ने ७५ वर्षीय लक्ष्मण साउद मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

 

दैलेख, गुराँस गाउँपालिका–६ माथिल्लो लटाली बस्ने २१ वर्षीया सुनिता विक सोही ठाउँस्थित लटाली जंगलमा सोमबार मृत अवस्थामा फेला परेकी छन् । सोमबार गाई चराउन गएकी उनी साँझसम्म घर नफर्केपश्चात खोजी गर्ने क्रममा उक्त जंगलमा लाश फेला परेको हो ।

 

दार्चुला, शैल्यशिखर नगरपालिका–९ शिवपुरी धाम नजिक नहरमा बैतडी डिलासैनी गाउँपालिका–२ गन्ना बस्ने ४० वर्षीय गोबिन्द घरेडी मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

 

कञ्चनपुर, भिमदत्त नगरपालिका–४ स्थित निर्माणाधिन भवनको कोठाभित्र हाल नाम, थर, वतन नखुलेका करिब ४२ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

 

कास्की, पोखरा महानगरपालिका–१७ रातो पहिरो र सोही महानगरपालिका–१५ अमिनताराको बिचमा रहेको सेती नदीको बिचमा हाल नाम, थर, वतन, उमेर र महिला वा पुरुष नखुलेका व्यक्ति मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

 

सम्बन्धित खबरहरु