काठमाडौ । गेष्ट हाउसबाट १ करोड नगद रुपैयाँ सहित पक्राउ परेका ३ जनाबाट एक तथ्य खुलेको छ । उनीहरुबाट नेपालमा अवैध हुण्डी निक्कै फैलिएको खुल्न आएको हो ।

 

हुण्डी कारोबार गरेको अभियोगमा काठमाडौं महानगरपालिका–२३ ओमबहालस्थित होटल गोल्डेन लिफबाट ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । जुन कुरा पक्राउपछिको अनुशन्धानबाट खुल्न आएको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–११ ताहाचल बस्ने झापा दमक नगरपालिका–११ घर भएका ३१ वर्षीय विकास मितल, काठमाडौं महानगरपालिका–३१ बस्ने झापा घर भएका २७ वर्षीय कमल मितल र काठमाडौं महानगरपालिका–२२ बस्ने पर्वत कुश्मा नगरपालिका–१ घर भएका ३२ वर्षीय गणेश पौडेल रहेका छन् ।

 

उक्त होटलमा अवैध रुपमा हुण्डी कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उनीहरुलाई गैरकानुनी रुपमा कारोबार गरिरहेको अवस्थामा ९९ लाख ८४ हजार रुपैयाँ र ९ सय अमेरिकी डलर सहित पक्राउ गरेको हो ।

 

उनीहरुलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान विभाग, हरिहरभवन ललितपुर पठाइएको उक्त ब्यूरोले जनाएको छ ।

 

 

सम्बन्धित खबरहरु