काठमाडौ । पुर्वसभामुख तथा नेकपाका नेता कृष्ण वहादुर महराकी जिवनसंगिनी सिता महराको कोरोना संक्रमण कारण आज विहान नर्भिक अस्पताल मा उपचार को क्रममा निधन भएको छ।

 

दसैँमा पुर्ख्यौली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो। निमोनिया र श्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौँ ल्याइ नर्भिक हस्पिटलमा भर्ना गरिएको थियो।

 

 

नर्भिक हस्पिटलमा पीसीआर टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको थियो। गत १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममै बुधबार बिहान ६ः२५ बजे निधन भएको अस्पतालले पुष्टि गरेको छ। विगत १० वर्षदेखि उनी माइस्थेनिया नामक रोगबाट पीडित थिइन् ।

 

 

सम्बन्धित खबरहरु