दोहा । कुवेतमा एक भारतीयले कर्तव्य ज्यान गरेको नेपाली महिलाको पहिचान भएको छ । मृत्यु भएकी नेपाली महिला लमजुङ स्थायी घर भएकी जमुना बिक रहेको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।

 

दूतावासका अनुसार मृतकको विवरण हेर्दा उनी गैरकानुनी बाटो हुदैँ भारतबाट कुवेत आएको पाइएको छ । उनको नेपालमा आफन्तसंग सम्पर्क भैसकेको जनाउदै कानुनी प्रक्रिया पुरा गरेर लाश स्वदेश पठाइने दूतावासले जनाएको छ ।

 

कुवेतको एक अपार्टमेन्टमा बस्दै आएकी उनको गत अक्टोबर २१ तारिखमा कर्तव्य ज्यान गरिएको अवस्थामा लाश भेटिएको थियो ।

 

उनको कर्तव्य ज्यानको आरोपमा पक्राउ गरिएका भारतीय नागरिकले आरोप स्वीकार गरिसकेका छन् । पक्राउ परेका ती व्यक्तिले आफ्नी प्रेमिका अर्कै व्यक्तिसँग लागेको थाहा पाएपछि घटना गराएको प्रहरी समक्ष बयान दिएका थिए।

 

सम्बन्धित खबरहरु