काठमाडौं । अमेरिकामा मंगलबारदेखि ४६औं नयाँ राष्ट्रपतिका लागि निर्वाचन सुरु भएको छ । यो बीचमा निर्वाचनको सुरुवातमैं भारतलाई जोडदार धक्का लागेको छ ।

 

अहिलेका राष्ट्रपति डोनाल्ड ट्रम्पका छोराले अमेरिकामा राष्ट्रपति चुनावको समयमा भारतको एक विवादित नक्शा ट्वीट गरेका छन् । डोनाल्ड ट्रम्प जूनियरले ट्वीट गर्दै भारत ट्रम्प समर्थक नभएको बताएका छन् । उनले ट्रम्प समर्थक देशहरुलाई रातो रंगमा र बिडेन समर्थकहरुलाई निलो मा देखाएका छन् ।

 

https://twitter.com/DonaldJTrumpJr/status/1323625920595451904

यो भारतका लागि चिन्ताको विषय होईन तर उक्त नक्सामा उनले जम्मु–काश्मिरलाई पाकिस्तानको हिस्सा भनेर देखाएका छन् । त्यति मात्र होइन, उनले भारतलाई जो बिडेनको समर्थक देश पनि भनेका छन् । उनले भारतका अन्य राज्यहरुलाई पनि नक्सामा देखाएका छैनन् ।

 

 

डोनाल्ड ट्रम्प जूनियर अमेरिकामा राष्ट्रपति चुनावको दिन संसारको नक्शा ट्वीट गरेका हुन् । यसमा ट्रम्प–समर्थित देशहरू रातो रंगमा प्रस्तुत गरिएको छ । जबकि निलोमा बिडेन समर्थन गर्ने देशहरु रहेका छन् । विश्वका चार देशहरू बाहेक उनले सम्पूर्ण विश्वलाई ट्रम्पका सहयोगी देशको रूपमा वर्णन गरेका छन् ।

 

 

ट्रम्प जुनियरले बिडेनलाई समर्थन गर्ने देशहरुको रूपमा घोषणा गरेका देशहरूमा भारत, चीन, मेक्सिको र ल्याबेरिया रहेका छन् । ट्रम्प जूनियरले नेपाल, पाकिस्तान, इरान र रसियालाई आफ्नो सहयोगी देशहरू भनेर वर्णन गरेका छन् ।

 

 

सम्बन्धित खबरहरु