काठमाडौं । कोटेश्वरको एक गेष्ट हाउसमा युवतीको लाश फेला परेको छ । बुधबार कोटेश्वरको पाथीभरा भोजनालय एण्ड गेष्ट हाउसमा एक युवती मृत फेला परेकी हुन् ।

 

काठमाडौं महानगरपालिका–३२ कोटेश्वर महादेवस्थान नजिकको गेष्ट हाउसको २०४ नम्बर कोठामा ती युवतीको लाश फेला परेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार मृतक युवत्ती ललितपुरकी २५ वर्षीया अनु थापा मगर रहेकी छिन् ।

 

मंगलबार राति सो होटलमा आएर बसेको महानगरीय प्रहरी वृत्त, बानेश्वरका डिएसपी दक्ष बस्नेतले जनाउनुभयो । उहाँका अनुसार बिहान ढिलासम्म मृतक कोठाबाट झरेकी थिइनन् । बिहान अबेरसम्म पनि नझरेर खाना खान पनि नआएपछि स्टाफले गएर हेर्दा उनी मृत फेला पारेको उहाँले बताउनुभयो ।

 

उनको मृत्युको कारण भने पुष्टि भइसकेको छैन । यद्यपी प्रहरीले केही गैर कानुनी औषधि पनि भेटाएको बताएको छ । मृत्युको कारणलाई लिएर आवश्यक अनुसन्धान भइरहेको छ । उनको लाश परीक्षणका लागि महाराजगञ्जस्थित टिचिङ अस्पतालमा राखिएको छ ।

 

 

 

सम्बन्धित खबरहरु