सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिका–३ बानेल्द बस्ने २८ वर्षीया सोमा लामालाई खुकुरी प्रयोग गरी कर्तव्य ज्यान गरेको अभियोगमा सोही ठाउँ बस्ने २९ वर्षीय होम बहादुर राईलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

 

होम बहादुरकी श्रीमती सोमालाई छिमेकी २६ वर्षीय नन्दराज राईले गत वैशाख महिनामा लगेर सँगै बस्दै आएको अवस्थामा सोही ठाउँ बस्ने कुमार राईको घरमा दुवैजनाको भेट भई विवाद हुँदा होम बहादुरले सोमालाई खुकुरी प्रयोग गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

 

 

घटनाको खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले होम बहादुरलाई पक्राउ गरी यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

 

 

सम्बन्धित खबरहरु