नवलपरासी (पूर्व) । बुलिङटार गाउँपालिका–३ खसुवास्थित कालीगण्डकीको करिडोरमा बुधबार साँझ खसेको सुख्खा पहिरोमा परि ५ जनाको मृत्यु भएको छ ।

 

करिडोरमा कामदारहरुले जाली भर्ने क्रममा अचानक माथिबाट सुख्खा पहिरो झ्ररेर ७ जना मानिसहरु पुरिएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी बुलिङटारबाट खटिएको टोलीले २ जनालाई उद्धार गरी उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर पठाएको थियो भने ५ जनाको लाश फेला पारेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक उद्धार कार्य गरिरहेको छ ।

 

 

सम्बन्धित खबरहरु