२० कात्तिक (रासस÷एएनआई) ः भारतको विहार राज्यका मुख्यमन्त्री नितिश कुमारले अर्को पटकबाट आफु विधान सभामा उम्मेदबार नबन्ने घोषणा गर्नुभएको छ । निर्वाचन प्रचारप्रसारको अन्तिम दिन बिहीबार उहाँले आफ्नो लागि अहिलेको निर्वाचन नै विधान सभाको अन्तिम निर्वाचन भएको घोषणा गर्नु भएको हो ।

चुनावी सभामा उहाँले भन्नुभयो, “आज निर्वाचन प्रचारप्रसारको अन्तिम दिन हो, एक दिनपछि मतदान हुदैछ, मलाई तपाइहरुले विधान सभाका लागि मतदान गर्ने यो अन्तिम पटक हो, अन्तिमको मौका राम्रो भयो भने सधैँ राम्रो हुन्छ ।”

उहाँले यसअघि गत बुधबार अत्पसङ्ख्यक समुदायलाई एउटा कार्यक्रममा सम्वोधन गर्दै आफुले उनीहरुका लागि धेरै कामहरु गरेको बताउनु भयो । आफू नेतृत्वको राज्य सरकारले शिक्षकहरुको तलव बढाइदिएको पनि मुख्यमन्त्री नितिशले स्मरण गराउनु भएको थियो ।

भारतका विहारमा अहिले विधान सभा निर्वाचन भइरहेको छ । तेस्रो चरणको निर्वाचन यही नोभेम्बर ७ तारिखका दिन हुन लागेको छ । तेस्रो चरणको निर्वाचनबाट विधान सभाका ७८ सदस्य छानिने छन् ।

सम्बन्धित खबरहरु