२० कात्तिक (रासस÷एएनआई) ः उत्तर कोरियामा नयाँ दुई ओटा कानुन कार्यान्वयनमा ल्याइएको छ । एउटा कानुनले सार्वजनिक स्थलहरुमा धुम्रपान गर्न प्रतिवन्ध लगाइएको छ भने अर्को कानुनले सार्वजनिक सम्पत्तिको संरक्षणमा जोड दइएको छ ।

कोरियाली केन्द्रिय समाचार संस्थाले बिहीबार सम्प्रेषण गरेको समाचारअनुसार दोस्रो कानुनमा व्यवसायीहरुलाई थप जग्गा जमिन, उर्जा र खर्च बचत गर्नुपर्ने उल्लेख गरिएको छ । उत्तर कोरियाको संसदका उच्च सदस्यहरु, सर्वोच्च जनसभालगायतको बैठकले बुधबार दुवै कानुनलाई स्विकृत गरेको जनाइएको छ ।

उत्तर कोरियामा धुम्रपान गर्नेहरुको अनुपात उच्च रहेको छ । कुल सङ्ख्याको ४३.९ प्रतिशत पुरुषले धुम्रपान गर्ने गरेको विश्व स्वास्थ्य सङ्गठनको सन् २०१३ को प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सम्बन्धित खबरहरु