काठमाडौ । नेपाली कांसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनलाई बिहीबार संक्रमण पुष्टि भएको हो । हालको उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । उनी घरमै आइसोलेसनमा बसेका छन् ।

 

दिलेन्द्रप्रसाद बडूको जन्म बि.सं. २०१० सालमा दार्चुलाको खलंगा गाविस २ मा भएको हो । उहाँका बाबुको नाम नन्दी बडू र आमाको नाम कलशादेवी बडू हो । उहाँले भूगोल बिषयमा स्नातकोत्तर गर्नुभएको छ ।

 

 

बडू नेपाली कांग्रेसका केन्द्रीय सदस्य र पार्टी प्रवक्ता समेत भइसक्नुभएका राजनीतिज्ञ हो । उहाँ २०४८ र २०५६ सालको आम निर्वाचनमा दार्चुलाबाट निर्वाचित भई प्रतिनिधिसभा सदस्य, २०४८ सालमा आवास तथा भौतिक योजना सहायक मन्त्री, २०५६ सालमा शिक्षा राज्यमन्त्री र २०६३ सालमा सुचना तथा सञ्चार राज्यमन्त्री हुनुभएको थियो ।

 

सम्बन्धित खबरहरु