संविधान सभाले सहमति नजुटे प्रश्नावली उपसमिति बनाएर संविधान निर्माणको प्रक्रिया अघि बढाउने तयारी गरिरहेको बेला प्रमुख तीन राजनीतिक दल र मधेशी मोर्चाका शिर्ष नेताबीचको बैठक विना निष्कर्ष सकिएको छ ।

संविधान सभामा संवैधानिक राजनीतिक संवाद समितिको प्रतिवेदनमाथि छलिरहँदा बैठक सकारात्मक रहेको र समयमै संविधान ल्याउन केन्द्रित भई सहमतिको प्रयास जारी राखेको एमाले अध्यक्ष केपी आलीले बताएका छन् । बैठक २ बजे पूनः बस्नेछ ।
माघ ८ मा संविधानको मस्यौदा नआउने निश्चित भएपछि दलहरु सहमति खोज्न छलफलमा जुटेका हुन् ।

पछिल्लो समय ती विवादलाई टुङ्ग्याउने विषयमा सहमति कि प्रक्रिया भन्नेमा दलहरु विभाजित देखिएका छन्। सत्तापक्ष लामो समयदेखि जति नै प्रयास गरे पनि सहमति हुन नसकेको भन्दै अब प्रक्रियाद्वारा विवादको छिनोफानो गर्नुपर्छ भन्नेमा उभिएको छ। प्रतिपक्ष भने सहमतिको विकल्प नरहेको तर्क गर्दै आएको छ। बैठकमा प्रधानमन्त्री, संविधानसभाका अध्यक्षका साथै प्रमुख तीन दल र मोर्चाका शीर्ष नेता सहभागी थिए।

सम्बन्धित खबरहरु