काठमाडौं । पूर्व मिस नेपाल श्रृंखला खतिवडा र शिसन बाँनियाको नाम सँगै जोडिएर आउँन थालेको केही वर्ष भएको छ ।श्रृंखला खतिवडा र शिसन बाँनिया उनीहरुको सम्बन्धलाई लिएर सधैं चर्चामा रहने गर्छन ।

 

श्रृंखला खतिवडा नेपाली सौन्दर्य प्रतियोगिता मिस नेपाल २०१८ की विजेता हुन् । २५ जना सहभागी मध्ये अन्तिममा रहेकी उनले प्रमुख निर्णायकले सोधेको ‘समृद्ध नेपाल, सुखी नेपाली हुनका लागि ३ वटा काम के गर्नुपर्ला ?’ भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिँदै उनी मिस नेपाल बनेकी थिइन् ।

 

यो सँगै उनी मिस नेपाल वर्ल्ड २०१८ मा पनि सहभागि भएर टप १२ मा पुग्न सफल भएकी थिइन् । उनले मिस वर्ल्ड २०१८ मा नेपालको प्रतिनिधित्व गरेकी थिइन् ।

 

खतिवडाले मिस वर्ल्डमा ‘ब्यूटी वीथ प्रपोज’ उपाधि हात पार्न सफल भएकी थिइन् । खतिवडाले एसएलसी हेटौडा एकेडेमीबाट पूरा गरेकी हुन् । हाइस्कूल गोल्डेनगेट अन्तरराष्ट्रिय कलेज र इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसबाट आर्किटेक्चरमा स्नातकसम्म अध्ययन गरेकि छिन् ।

 

बाँनिया भ्लगर हुन्, अक्सर उनीहरु एकसाथ देखिने गर्छन । पछिल्लो समय केही औपचारिक कार्यक्रममा रमाइरहेका तस्विर बाहिर आएका छन् । महामारीका बीचमापनि यस्ता हाय, हाय तस्विर किन ?

 

भन्दै प्रतिक्रिया आइरहेका छन् । यी तस्विर शिसनले अपलोड गरेका छन् । श्रृंखलाले लेखेकी छिन् सबैभन्दा मज्जादार रात नै यही थियो । यो भन्दा पहिले कहिलै प्राप्त भएको थिएन । धन्यवाद सिरुबरी होमस्टे, नवांग दाई र मेरा अद्भुत साथीहरु । बहुत आभारी छु । सबैभन्दा राम्रा तस्विरका लागि ।

 

सम्बन्धित खबरहरु