मस्को । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले २०२१ को सुरुतिर राजीनामा दिने बताइएको छ । स्थानीय मिडियाका अनुसार पुटिनले स्वास्थ्य समस्याका कारण राजीनामा दिन लागेका हुन् । ‘द सन’ पत्रिकामा उल्लेख भए अनुसार ६८ वर्षीय पुटिनलाई पार्किन्सन रोगको लक्षण देखिएको छ ।

 

मिडिया रिपोर्टका अनुसार पुटिनको खुट्टाको चालमा स्थिरता देखिनुका साथै उनी पीडामा रहेको बताइएको छ । मस्कोस्थित राजनीतिशास्त्रका प्राध्यापक भलेरी सोलोभीले पुटिनले आगामी जनवरीमा सत्ता हस्तान्तरण गर्ने योजना बनाएको बताए ।

 

 

सत्तामा रहनेगरी हालै संविधान नै संशोधन गराएका पुटिनको राजीनामाको तयारीलाई अनपेक्षित रुपमा हेरिएको छ । उनले जनमत संग्रहपछि संविधान संशोधन गरेका थिए ।

 

सबैभन्दा लामो अवधिसम्म सत्तामा रहने नेतामध्ये पुटिन पनि एक हुन् । १९९९ देखि २००८ सम्म प्रधानमन्त्री रहेका पुटिन २०१२ देखि राष्ट्रपति भए । २०१९ मा उनीविरुद्ध देशव्यापी विशाल जनप्रदर्शन हुँदा पनि सत्ता नत्यागेका पुटिनले हाल स्वास्थ्य समस्या देखिएपछि राजिनामाको तयारी गरेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

 

 

सम्बन्धित खबरहरु