nepali-team

काठमाडौ-  नामिबियामा जारी आईसिसी क्रिकेट लिग डिभिजन दुई मा नेपाल र नेदरल्याण्ड्स बीचको खेल जारी । नेपालको बलिङ सामु नेदरल्याण्ड केही दबाबमा देखिएको छ । नेपाललाई १५९ रनको लक्ष्य । नेपालको उत्कृष्ट बलिङ प्रदर्शन । नेदरल्याण्डका लागि अर्धशतकिय पारी खेलेर ५३ रन जोडेका माईकल रिपोनलाई गौचनले ज्ञानेन्द्र मल्लको हातमा क्याच गराए ।

वसन्त रेग्मी, शक्ति गौचन, पारस खड्का र सोमपाल कामीले समान २/२ विकेट लिएका छन् । करण केसीले सात ओभरमा तीन मेडन राख्दै १० रन दिए भने सागर पुनले छ ओभरमा २३ रन दिए । अन्ततः नेदरल्याण्डले ४९.५ ओभरमा सबै विकेट गुमाई १५८ रन मात्र बनाउन   सक्यो ।

सम्बन्धित खबरहरु