काठमाडौं । हात्ती चराउन जाने क्रममा चितवन राष्ट्रिय निकुञ्जमा हात्तीले माहुतेको ज्यान लिएको छ । आज दिउँसो निकुञ्जभित्र हात्तीले रौतहटको चन्द्रनिगाहापुर घर भइ रत्ननगर नपा–६ चितवन बस्दै आएका ३६ वर्षीय माहुते हंसराज कुँमर धामीको ज्यान लिएको हो ।

राष्ट्रिय प्रकृति संरक्षण कोषको हात्तीले माहुते धामीको घटनास्थलमा नै मृत्यु भएको कोषका प्रमुख बाबुराम लामिछानेले बताउनुभयो । लामिछानेकाअनुसार हात्ती चराउन गएका धामीलाई साढे चार वर्षको राजागज नामको भाले हात्तीले घटनास्थलमै ज्यान लिएको हो । हात्ती चराउने क्रममा तर्सिएर भाग्दा हात्तीबाट खसेका धामीलाई हात्तीले कुल्चिनुका साथै दाह्राले हानेको लामिछानेले बताउनुभयो ।

मृतकको लाश पोष्ट मार्टमका लागि भरतपुर अस्पताल पठाइएको लामिछानेले जानकारी दिनुभयो । राजगज हात्ती राष्ट्रिय प्रकृति संरक्षण कोषमा नै जन्मिएर हुर्किएको हात्ती हो । भाले हात्तीको स्वभाव पोथी हात्तीको भन्दा अली डरलाग्दो हुनेसमेत लामिछानेको भनाइ छ ।

सम्बन्धित खबरहरु