काठमाडौ । भारतको विजय नगर एसएचओ महावीर सिंह चौहानले बताएकी गाजियाबाद पुलिसले अहिलेसम्मकै ठूलो मानव तस्करीको भण्डाफोर गरेको छ ।

 

दिल्ली महिला आयोगको सूचनाका आधारमा विजय नगर इलाकामा नेपालबाट कलिला बच्चिहरु संकलन गरेर ल्याइरहेको एक बस पक्राउ गरिएको थियो । जसमा १९ जना सबै सानो उमेरका बालिका भेटिएका थिए ।

दिल्लीसँगै जोडिएको यूपीको गाजियाबादमा पुलिसले मानव तस्करी र्याकेटको ठूलो भण्डाफोर गर्यो । मानव तस्करी भइरहेको अवस्थामा एउटै ठाउँबाट १९ जना नेपाली बालिकालाई उद्धार गरेको छ । यो घटनामा पुलिस ४ जना पुरुष पक्राउ गरेको छ । उनीहरु यो कार्यमा संलग्न भएको पुष्टि भएको छ ।

 

विजय नगर एसएचओ महावीर सिंह चौहानले बताए की गाजियाबाद पुलिसले दिल्ली महिला आयोगको सूचनाका आधारमा विजय नगर इलाकामा नेपालबाट बालिका लिएर बस आइरहेको छ भन्ने भएपछि प्रहरीले घेरा हाल्यो । त्यहाँ १९ बालिकासँग केही पुरुष र महिला थिए ।

 

यो अप्रेसनमा पुलिसले तीन पुरुष र एक महिलालाई गिरफ्तार गरेको छ । उनीहरुले षड्यन्त्रपूर्वक उत्तराखण्डमा सञ्जाल विस्तार गरेर नेपालदेखि बच्चीहरु उत्तराखण्ड ल्याउने र त्यहाँबाट अरु क्षेत्रमा ओसरपसार गर्थे ।

 

उनीहरुले नेपालबाट जम्मा गरेको धेरै बालिकाहरुलाई भारतभरीका ठूला सहरमा बेच्थे । मोटो रकम लिएर मालिकलाई बच्चिहरु सुम्पिदिन्थे । त्यसरी किनिएका बालिकाहरुलाई कसैले गलत कार्यका लागि लगाउथे भने कसैले घरेलु कामदारको रुपमा लगाउथे । त्यो अहिलेसम्म पक्राउ परेकाहरुबाट खुल्न आउँछ ।

 

आरोपीबिरुद्ध गाजियाबादको विजय नगर पुलिस स्टेशनले एण्टी ह्यूमन ट्रैफिकिंग एक्ट र भारतीय दण्ड संहिता (आईपीसी) को केही धारा प्रयोग गरेर मुद्धा दायर गरेको छ । विषय अदालतमा पुगेको छ । बालिकाहरुलाई नेपाल फर्काउनका लागि समन्वय भइरहेको छ । कसैका बालिका हराएको भए नेपाल सरकार मार्फत सम्पर्कमा आउन सूचना जारी गरिएको छ ।

 

 

सम्बन्धित खबरहरु