काठमाडौं । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले विदेशबाट हुने उद्धार उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको छ । सीसीएमसीले कोरोनाका कारण विदेशमा अलपत्र परेका नेपालीहरुको उद्धार सकिएकाले उद्धार उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको हो ।

हालसम्म १ लाख ३६ हजार २ सय १६ जनाको उद्धार गरी स्वदेश फर्काएकाले बन्द गर्न माग गरेको हो । कुनै देशबाट फेरि उद्धार गरी ल्याउनुपर्ने अवस्थामा नियमित उडानबाट नै ल्याउने व्यवस्था मिलाउनुपर्ने सीसीएमसीको निर्णय छ ।

उनले केबलकार, जङ्गल सफारी र साहसिक पर्यटनका क्षेत्र खुला गर्न सरकारलाई सिफारिस गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले बताए ।यो सिफारिसलाई मन्त्रीपरिषद्ले पारित गरेपछि बन्द हुने छ ।

सम्बन्धित खबरहरु