सन् १९७३ मा "जो बाइडेन" पहिलो पटक अमेरिकी सिनेटर बन्दा 'बाराक ओबामा' मात्रै १२ बर्षका थिए। २००८ मा जब ओबामा राष्ट्रपति बने त्यो बेला उनी ४८ वर्षका र जो बाइडेन ६६ बर्षका थिए। त्यतिबेला बाइडेनले आफू राजनीति र उमेरमा पाको भएको घमण्ड पालेनन् र ओबामाको उप-राष्ट्रपति हुन तयार भए। ८ बर्ष व्हाइट हाउसमा असल र इमन्दार सहयात्रीको भूमिका निभाए।

उनै जो बाइडेन डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति लड्ने भएपछी बाराक ओबामाले स्टार क्याम्पेनरको रुपमा उनलाई निर्वाचन जसरी पनि जिताउनमा संकल्पित, सक्रिय र सफल रहे। फरक उमेर र अनुभवबिचको यति सुन्दर सहचाल मुस्किलले देख्न पाइन्छ । सायद हामी पनि केही यसबाट केही लिन्छौं कि ...

सम्बन्धित खबरहरु