काठमाडौं । बलिउड उद्योगमा कियारा आडवाणी पछिल्लो समय एकदम चर्चामा रहेको नाम हो । हालै उनले दिएको एक बयानले उनका करोडौं फ्यानहरुबीच हलचल मच्चाएको छ ।

 

वास्तवमा, एक भिडियोमा, कियारालाई त्यस्ता तीनओटा चीज भन्नुहोस्, जुन गर्दा उनलाई "भौतिक ('यौ'न) सु'ख" भन्दा राम्रो लाग्छ ? यस प्रश्नको उत्तर अहिले भाइरल भइरहेको छ । कियाराले दिएको जवाफमा क्रमशः पिज्जा, शपिङ्ग र एक राम्रो फिल्म रहेका छन् ।

 

ट्वीक इन्डियाले एक भिडियो साझा गरेको छ जसमा कियारालाई धेरै रमाइला प्रश्नहरू सोधिएको छ । कियाराले यस अन्तर्वार्तामा आफु मृत्यु नजिकबाट बाँचेको पनि बताएकी छिन् । उनलाई अर्को प्रश्न सोधिएको छः यदि तपाईलाई कीरा वा प्युपामध्य एक बन्ने मौका मिल्यो भने के बन्न चाहनुहुन्छ ? कियाराले यसको जवाफ क्याटरपिलर अर्थात लार्भा बन्न चाहेको बताइन् । प्युपा बन्नुको पछाडिको स्वार्थ भने विकास भएर पुतली बन्नु रहेको छ । वास्तवमा उनी पुतली बन्ने इच्छा राख्छिन् ।

 

कियाराले यस अन्तर्वार्तामा उनले आफ्नी सहपाठीसँग कलेजमा पढ्दै गर्दा यात्रामा गएको बताइन् । उनीहरु ट्रिपमा गएको बेला आगलागी भएको थियो । उनलाई त्यस दिन लाग्यो कि उनको यो अन्तिम दिन हो । कियाराले एक अर्को अन्तर्वार्तामा आफु पहिलोपटक प्रेममा पर्दा आफ्नी आमाले थाहाँ पाएको बताएकी थिइन् ।

 

उनले भनेकी थिइन, ‘जब म पहिलो प्रेममा थिएँ त्यो बेला म १० कक्षामा थिएँ । त्यसपछि मेरी आमाले मलाई फोनमा कुरा गरिरहेको थाहा पाउँनुभयो । त्यसपछि आमाले मलाई तिम्रो बोर्ड परीक्षा आउँदैछ, आफ्नो सम्पूर्ण ध्यान अध्ययनमा लगाउ भन्नुभयो ।’

 

कियाराले भनेकी थिइन, ‘मेरी आमा र बुबाले प्रेम विवाह गर्नुभयो र दुबै प्रेमिका–प्रेमीहरू एकअर्काको अगाडि थिए, त्यसैले हामीले घरभित्रै मायालु वातावरण देख्यौं । त्यसैले म सोच्थे जो सँग म डेट गर्छु, उसैँसँग विहे पनि गर्छु । त्यसैले म प्रेम विवाहमा विश्वास गर्दछु ।’

 

जब कियारालाई प्रेममा रहँदा के कुरा सहन सक्दिनौँ ? भनेर सोधियो त्यसको जवाफ पनि उनले दिएकी छिन् । त्यसको जवाफमा उनले आफु कुनै पनि प्रकारको गलत व्यवहार सहन नसक्ने बताएकी थिइन् ।

 

यो कुरा जानेर अनौठो लाग्न सक्छ कि कियारको वास्तविक नाम आलिया आडवाणी हो । उनको जन्म ३१ जुलाई १९९२ मा भएको हो । व्यावसायिक रूपमा कियारा आडवाणीको रूपमा परिचित छिन् । उनको नाम परिवर्तन हुनुको एक रोचक पक्ष पनि रहेको छ ।

 

पछिल्लो समउ उनी चलचित्र लक्ष्मीमा अक्षय कुमारका साथ देखा परेकी थिइन् । सन् २०१४ को हास्य ‘फगली’ बाट आफ्नो चलचित्रको सुरुवात गरिसकेपछि, आडवाणीले सन् २०१६ को स्पोर्ट्स बायोपिक ‘एम.एस. धोनीः द अनटोल्ड स्टोरी’ मा संक्षिप्त भूमिकाका साथ पहिलो व्यावसायिक सफलता प्राप्त गरेकी थिइन् ।

 

उक्त दृश्य अहिले पनि सबैको मनमा बस्न सफल भएको छ । उनको करियर तेलुगु राजनीतिक नाटक ‘भरत अने नेनु’ (सन् २०१८) साथै हिन्दी प्रेमप्रसङ्गयुक्त नाटक ‘कबीर सिंह’ र हास्य ‘गुड न्युज’ (दुबै २०१९) मा अभिनीत भूमिकासँग अग्रसर भएको थियो । उनी सबैभन्दा धेरै चर्चामा आएको चलचित्रको नाम कबीर सिंह रहेको छ ।

आउँनुहोस् नाम परिवर्तनको रोचक किस्साबारे जानकारी लिउः

आलिया आडवाणीको रूपमा जन्मेकी, उनले सन् २०१४ मा आफ्नो पहिलो चलचित्र ‘फगली’ को प्रदर्शन हुनुभन्दा पहिले आफ्नो पहिलो नाम कियारामा परिवर्तन गरेकी थिइन् । उनले आलिया भट्ट समकालीन भएकी कारण उनको नाम आलियाबाट कियारा परिवर्तन गर्नका लागि सलमान खानले सुझाव दिएका थिए भनेर केही अन्तर्वार्तामा भनेकी छिन् ।

 

सन् २०१९ मा ‘फिल्मफेयर’ लाई दिएको एक अन्तर्वार्तामा, उनले यो नाम चलचित्र ‘अनजाना अनजानी’ मा प्रियङ्का चोपडाको पात्र कियाराबाट प्रेरणा भएको थियो भनेर भनेकी थिइन् । दुई भाइबहिनी मध्ये जेठी, आडवाणीको एक कान्छो भाई, मिशाल छन् । उनी आफ्नो मातृ परिवारको माध्यमबाट धेरै सेलिब्रेटीहरूसँग सम्बन्धित छिन् ।

 

उनका बुवाको नाम जगदीप आडवाणी हो भने आमाको नाम जिनेभिव आडवाणी हो । अभिनेता अशोक कुमार र सईद जाफरी क्रमशः उनको सौतेनी जीज्यु बुवा र हजुरबुवाको भाइ हुन्, जबकि मोडल शाहीन जाफरी उनीकी काकी हुन् । उनको मुकेश अम्बानी परिवारका साथ पनि नजिकको सम्बन्ध रहेको बताइन्छ । कियारा र मुकेश अम्बानीकी छोरी इशा अम्बानी एकदम बच्चै देखिका साथिहरु हुन् ।

 

 

सम्बन्धित खबरहरु