काठमाडौं । अमेरिकाको ४६औं राष्ट्रपति बन्ने दौडमा डोनाल्ड ट्रम्पलाई जो बाइडेनले आरामले हराएका छन् । यद्यपि ट्रम्पले आफ्नो पराजय स्वीकार गर्न मानेका छैनन् । उनले बाइडेनले जीतको दावी गरेको पाँच घण्टापछि ट्वीट गरेर उनीमाथि चुनावमा धाँधली गरेको आरोप लगाएका छन् ।

 

ट्रम्पले यतिसम्म पनि भने कि उनले यो चुनाव जितेका छन् । उनले भनेका छन्, ‘मैले यो चुनाव जितेको छु र ७ करोड १० लाख कानुनी मत पनि पाएको छु ।’ यसैबीच, बेलायतको चर्चित अखबार डेली मेलले ट्रम्पकी श्रीमती मेलानियाको पूर्व सहयोगीलाई उद्धृत गर्दै एक गम्भीर खुलासा गरेको छ । डेली मेलले चुनावमा पराजित भएसँगै ट्रम्पलाई मेलानियाले छोड्न सक्ने दाबी गरेको छ ।

डेली मेलले रिपोर्ट गरेझैं मेलानिया ट्रम्पकी पूर्व सहयोगी स्टेफनी भोल्कोफले दावी गरेकी छन् कि विवाह भैसकेपछि पनि मेलानिया ट्रम्पसँग उक्त सम्झौताको बारेमा कुराकानी गरिरहेकी छिन् । जहाँ मेलानियाले छोरा ब्यारनको साथसाथ ट्रम्पको कुल सम्पत्तीमा बराबरको हिस्सेदारी माग गर्दैछिन् ।

 

भोल्कोफले ट्रम्प र मेलानियाको संयुक्त राज्य अमेरिकाको राष्ट्रपति भवन ह्वाइट हाउसमा छुट्टाछुट्टै बेडरूम भएको पनि खुलासा गरेकी छिन् । उनले ट्रम्प र मेलानियाको विवाहलाई लेनदेनको रूपमा वर्णन गरेकी हुन् ।

यस्तै, डोनाल्ड ट्रम्पकी पूर्व राजनीतिक सहयोगी ओमरोसा मनिगोल्ट न्यूम्यानले ट्रम्प र मेलानियाको १५ बर्षको विवाह सकिएको दाबी गरेकी छिन् । उनले भनिन्, ‘मेलानिया हरेक मिनेट गणना गर्दैछिन् । ट्रम्प ह्वाइट हाउसबाट बाहिर आउने बित्तिकै मेलानियाले सम्बन्धविच्छेद गर्नेछिन् ।’ उनले मेलानिया अब ट्रम्पसँग बदला लिने उपाय खोज्दै गरेको आरोप लगाएकी छिन् ।

 

मेलानिया ट्रम्पले एक अन्तर्वार्तामा दावी गरेकी थिइन् कि उनको डोनाल्ड ट्रम्पसँग महान सम्बन्ध रहेको छ । डोनाल्ड ट्रम्प आफुसँग कुनै पनि कुरामा बहस गर्दैनन् भन्दै उनले ट्रम्पको प्रशंसा पनि गरेकी थिइन् ।

सम्झौताको कुरा गर्ने हो भने जब डोनाल्ड ट्रम्पले आफ्नी दोस्रो पत्नी मार्ला म्यापल्ससँग सम्बन्धविच्छेद गरे तब एक सहमति बनेको थियो । त्यस समयमा ट्रम्प र मार्लाबीच कुनै पनि सञ्चारमाध्यममा अन्तर्वार्ता दिने वा पुस्तक प्रकाशित गर्न नपाउने सम्झौता भएको थियो ।

 

सबैलाई जानकारी भएको कुरा हो कि राजनीतिमा आउँनु भन्दा पहिले डोनाल्ड ट्रम्प एक चर्चित अर्बपति व्यापारीका रुपमा रहेका थिए । अर्कोतिर मेलानिया ट्रम्प पनि एक चर्चित मोडलको रुपमा चर्चामा रहेकी थिइन् ।

 

उनीहरु दुबैको प्रेम सन् १९९८ मा शुरू भएको हो । त्यस समयमा डोनाल्ड ट्रम्प ५२ वर्ष र मेलानिया २८ बर्षकी थिइन् । ती दिनहरूमा न्यूयोर्कमा फेसन वीक भइरहेको थियो र त्यसपछि टाइम्स स्क्वायरमा किटक्याट क्लबमा भोज लाग्यो ।

दुबै ट्रम्प र मेलानिया यस पार्टीमा सहभागि भएका थिए । ती दुईले यहाँबाट परिचय गरेर कुराकानी गर्न थालेका हुन् । पछि उनीहरू दुबै २२ जनवरी २००५ मा बिवाह बन्धनमा बाँधिन पुगेका हुन् । जानकारी अनुसार त्यस समयमा डोनाल्ड ट्रम्पले १७ करोड ८० लाख रुपैयाँ आसपास मुल्य पर्ने हिराको औठी दिएर विवाहको लागि प्रस्ताव राखेका थिए ।

 

धेरैको अनुमान नै मेलानियाले सम्पत्तिकै लागि बेमेल बिबाह गरेकी हुन् । अब सम्पत्तिको हकपनि छ र ट्रम्पको उमेर र पद सकिएको छ । यसैले मेलानिया अझै अरु उपयुक्तसँग स्वतन्त्रको जीवन बाँच्न चाहान्छिन् । उनीहरुको सम्बन्ध बिच्छेदको खबर केही दिनमा सुन्नुपर्दा अन्यथा ठान्नु नपर्ने निकटहरुको अनुमान छ । News Source 

 

 

सम्बन्धित खबरहरु