काठमाडौ । हामी केही नेपालीपनि अचम्मका छौ । लहैलहैको लहड यति साह्रो लाग्छ की मैले त्यो गरिन भने घर, समाज, देशबाटै बहिस्कृत पो हुन्छु की ठान्छन् । कसैले घोडा चढेको देखे भने धुरीमा भएपनि चढेर फोटो समाजिक सञ्जालमा हाल्नै पर्छ । राज्यले कोरोना भाइरस (कोभिड–१९) उच्च बढेपछि लकडाउन गर्यो ।

 

सामाजिक सञ्जालमा देखिन थाल्यो की अब यस्तै रहे कोही नेपाली नै नरहन सक्छन् । लकडाउन खोल्ने निर्णय गर्यो । भन्न थालियो की अब त झनै सकिन्छन् । परीक्षा गरौ भन्यो लाग्यो की परीक्षामा सहभागी हुँदा कोरोनाबाट सबै सकिन्छन् ।

तर यो भीड हेर्नुहोस् केही उपलब्धीका लागि हैन । मात्र कुहिरो हेर्न गएको भीड हो । कसैले भिडियो र फोटो सामाजिक सञ्जालमा हाल्यो । अब त्यो ठाउँ पुगेर फोटो हालेन भने म मान्छे नै गनिन्न भन्ने ठाने । एकै समयमा यहाँ हज्जारौ मानिस पुगे । तनहुँको व्यासनगरपालिका–५ स्थित मानहुँकोटको तस्विर हुन् यी । यहाँको उच्च भागबाट तल लागेको कुहिरोका कारण प्रख्यात छ । अर्थात कुहिरो भन्दा माथीको बस्ति भनेर चर्चामा छ । यही हेर्न यहाँ पुग्ने गर्दछन् ।

 

यहाँ पुगेर फर्कदै गरेका आन्तरिक पर्यटकहरु हुन् उनीहरु । यहाँ सडकमा सवारी चाप बढेपछि रोकिएको अवस्थाको दृश्य हुन् यहाँ । अहिले यहाँ सवारी व्यवस्थापनका लागि अति नै गाह्रो भएको छ । सानो ठाउँ रहेको यो स्थानमा मान्छेको भीड थेगिनसक्नु छ । यता फर्किएपनि मान्छे उता फर्किएपनि मान्छे । यसैले कोरोना भाइरस फैलिने प्रमुख क्षेत्र बन्ने हो की भन्ने त्रास छ यहाँ ।

[caption id="attachment_307995" align="alignnone" width="950"] तनहुँको व्यासनगरपालिका–५ स्थित मानहुँकोटबाट जाँदै गरेका सवारी तथा आन्तरिक पर्यटकहरुलाई शनिबार व्यवस्थापन गर्दै गरेका एक ट्राफिक प्रहरी । पर्यटकहरुको बाक्लो उपस्थिति रहेपछि व्यवस्थापन गर्न प्रहरीलाई धौ धौ भएको थियो । तस्वीर : सानेबहादुर नेपाली, रासस[/caption]

 

सम्बन्धित खबरहरु